१४ माघ, धादिङ – १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटमा समूह डी मा रहेको नेपालले बिहीबार न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
बंगलादेशमा जारी प्रतियोगीता नेपाली समय अनुसार बिहान पौने ९ बजेपछि सुरु हुनेछ ।नेपाली टोली राजु रिजालको कप्तानीमा मैदान उत्रने छ ।
यसअघि सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको । नेपालले दोस्रो खेलमा शनिबार आरल्यान्ड र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।