Wed. Feb 26th, 2025

यु–१९ विश्वकप क्रिकेट आजदेखि सुरु

U-19-World-Cup१३ माघ, धादिङ– उन्नाइस वर्षमुनिको आइसिसी विश्व कप क्रिकेट प्रतियोगीता बुधबारदेखि सुरु हुँदैछ । बंगलादेशमा हुने प्रतियोगितमा नेपालसहित १६ देश सहभागी छन् । प्रतियोगितमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह डीमा भारत, आयरल्याण्ड र न्युजिल्याण्ड छन् । नेपालले आफ्नो पहिलो खेलमा भोलि न्युजिल्याण्डसँग खेल्नेछ । यस्तै नेपालले शनिबार आयरल्याण्ड तथा १८ गते भारतसँग खेल्ने छ । प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणमा प्रवेश गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुन नेपाली टोली माघ ६ गते नै बंगलादेश गएको छ । राजु रिजालको कप्तानीमा चार वैकल्पिकसहित १९ खेलाडी सहितको नेपा, सन्दिप लामीछाने, हिमांशु दत्त, शंकर राना र ईशान पाण्डे छन् । कुशल भुर्तेल, ईर्साद अहमद, ललितनारायण राजवंशी र नन्दन यादव भने वैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।

About The Author

अन्य समाचारहरु: