१३ माघ, काठमाडौं – केही पत्रकार र मन्त्रालयका आफ्ना दलबलसहित मंगलबार अपरान्ह टेकुको पचली पुगेका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जमीनमुनिबाट फुसफुसाइरहेको प्राकृतिक९मिथेन० ग्यास लाइटर बालेर सल्काउँदा ग्यास अभावले पीडित स्थानीय पनि केही आशावादी देखिए।
नागरिक दैनिक लेख्छ- ‘ओहो कस्तो मजाले बल्दो रहेछ,’ हेर्नेको भिडबीच स्थानीयवासी आवाज सुनिँदै थियो, ‘यस्तरी मजाले बल्ने ग्यास अहिलेसम्म खेर गइरहेको रहेछ ।’
ग्यास आएको थाहा नपाएको तर वेलबाट आएको तातो पानीमा नुहाउने गरेको अनुभव पनि छ कतिपय स्थानीयको। ‘हामी त यो वेलबाट आउने तातो पानीमा नुहाउने लुगाधुने गथ्र्यौं,’ काठमाडौं–१२ टेकुका रामकुमार देउलाले भने, ‘ग्यास आउँछ रे भनेको सुनेको हो तर थाहै थिएन यसरी आउँछ भनेर।’
गत वैशाख १२ को भूकम्पले टेकुको जम्बुद्विप मार्गमा बन्द अवस्थामा रहेको खानी तथा भूगर्भ विभागको ग्यास वेल९कुवा० हल्लिँदा छेउछाउबाट मिथेन ग्यास लिकेज भइरहेको छ। त्यही ग्यासलाई संकलन गरी मन्त्री पाण्डेले बालेर देखाएका थिए।
मन्त्री पाण्डेका अनुसार गत सातादेखि उपत्यकामा रहेका ग्यास वेल सफा गर्न सुरु गरिएको र १ महिनाभित्र वेल सफा गरिसकिने छ। वेल बन्दहुनुअघिकै हालतमा रहेको अवस्थामा ३ महिनाभित्र ग्यास प्रयोग गर्न सकिने छ।
‘चीनले ४ हजार किलोमिटर टाढाको युक्रेनबाट प्राकृतिक ग्यास पाइपलाइनमार्फत ल्याएर बालिरहेको छ,’ मन्त्री पाण्डेले भने, ‘विश्वका धेरै देशले प्राकृतिक ग्यास प्रयोग गरिरहेका उदाहरण छन्, त्यसैले हामी पनि यो ग्यास प्रयोग गर्न सक्छौं।’
तस्वीरस् नागरिक दैनिक