Tue. Mar 4th, 2025

बाबुरामले गगनलाई प्रयोग गर्दैछन् कि गगनले बाबुरामलाई ?

प्रतिभा पराजुली –

Prativa Parajuli

मंगलबार कांग्रेस सभासद् तथा युवा नेता गगन थापाले बाबुराम भट्टराईले आफूलाई दुःख दिएको आरोप लगाए । अर्घाखाँची पुगेर उनले भने, ‘बाबुरामजी, तपाईले मलाई दुःख नदिनुहोस् । म कांग्रेस नै छु, नयाँ शक्तिको बारेमा सोच्न पनि भ्याउँदिनँ ।’ के बाबुरामले गगन थापा नयाँ शक्तिमा आउँदैछन् भनेर हल्ला गरेका छन् त ? बाबुरामको सचिवालयका एक सदस्यले प्रतिप्रश्न गरे, ‘अहिलेसम्म कुनै औपचारिक माध्यमबाट यस्तो कुरा सुन्नुभएको छ ?’

उनले कांग्रेसका विचारक नेता प्रदीप गिरीहरुसँग छलफल भए पनि गगनसँग छलफल नभएको स्पष्टिकरण थिए । ‘त्यही पनि बाबुरामले नयाँ शक्तिमा लाग्ने व्यक्ति विशेषमा केन्द्रित भएर अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन,’ उनले भने ।

नयाँ शक्ति अभियानका अभियन्ता तथा ३ नं। प्रदेशका संयोजक गंगानारायण श्रेष्ठले फेसबुकमार्फत गगनको भनाईप्रति प्रतिक्रिया दिँदै लेखे, ‘गगनजी ! तपाईंको गनगन मन परेन है । तपाईं महामन्त्री हुनुस् । अग्रिम बधाई छ १ तर बाबुराम भट्टराईको नाम चाहिँ नबेच्नुस् । तपाईंको नाम लिएर बाबुरामले कहिले प्रचार गर्नु भयो रु कहिल्यै थाहा भएन मलाई त । तपाईं जतिको मान्छे यो देशको लागि खाँचो छ । त्यसकारण नयाँ शक्तिमा तपाईंलाई स्वागत छ । तर, तपाईंबिना नयाँ शक्ति नै बन्दैन भन्ने भ्रम चाहिँ नपाल्नु होला ।’

केही साप्ताहिक पत्रिकाहरुमा गगन थापा र रामकुमारी झाँक्रीको नाम नयाँ शक्तिसँग जोडेर समाचारहरु प्रकाशित भएका थिए । कांग्रेस कार्यालय सानेपामा भेटिएका नेपाली कांग्रेसका एक युवा नेताले भने, ‘गगनजीहरु यस्तो प्रचारप्रसारमा आउन रमाउनुहुन्छ । के थाहा चर्चामा आउन वहाँहरु आफैंले पो हल्ला चलाउनुभएको हो कि ?’

त्यसो त, केही हप्ताअघि धुलिखेलमा सम्पन्न नेपाली कांग्रेस सम्बद्ध युवाहरुको एक कार्यशाला चलिरहँदा केही अनलाइनहरुमा गगन थापाले नयाँ शक्तिमा जान युवाहरुसँग छलफल गर्न धुलिखेलमा जम्मा भएको भन्ने प्रकृतिको समाचारहरु आए । उक्त समाचारमा समाचार स्रोतका रुपमा कांग्रेस नेता–कार्यकर्तालाई नै उद्धृत गरिएको थियो ।

अघिल्लो महाधिवेशनमा देउवा क्याम्प र कोइराला क्याम्पका दुवै कार्यक्रममा सहभागी भएर छलछामपूर्ण अभिव्यक्ति दिँदै केन्द्रीय सदस्यमा निर्वाचित भएको आरोप लाग्ने गरेका युवा नेता गगन थापा पछिल्लो समय केही विवादित बनेका छन् । विशेषगरी गुन्डा नाइके कुमार घैंटेसँग जोडिएर उनको नाम आउने गरेको छ । गुन्डागर्दीविरुद्ध लागेको प्रहरीभन्दा गुन्डागर्दीलाई प्रसय दिनेगरी अभिव्यक्ति दिएको र क्रियाकलाप गरेको आरोपपछि उनको सामाजिक छवि गिरेको छ ।

‘भाषणबाज’ नेताका रुपमा परिचित गगन थापा सबैभन्दा ठूलो पार्टी भएको कांग्रेस सरकारमा जाँदा भएका कमजोरीहरुको अपजस लिने पक्षमा छैनन् । प्रतिक्रियात्मक मन्तव्य दिने तर काम कहिल्यै गर्न नसक्ने आरोप लाग्ने गरेका उनले पछिल्लो सयम महाधिवेशन नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरुमा शंकास्पद ढंगले आफ्नो नाम नयाँ शक्ति अभियानसँग जोडेर अभिव्यक्ति दिँदै चर्चित बन्ने प्रयत्न गरेको देखिन्छ । यसरी हेर्दा यहाँ बाबुरामले गगनलाई बेचिरहेका छन् कि गगनले बाबुरामलाई ?

प्रश्न जन्मिन्छ । तर पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामले अहिलेसम्म औपचारिक मन्तव्य दिने क्रममा गगन थापालाई नयाँ शक्तिसँग जोडेर अभिव्यक्ति दिएको पाइँदैन । बरु केही साप्ताहिक र अनलाइनहरुमा कांग्रेसनिकट स्रोतको हवाला दिँदै गगन थापा र नयाँ शक्तिलाई जोडेर प्रचार गर्न खोजिएको पाइन्छ । कांग्रेसको महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका गगनले यो हप्ता निरन्तर नयाँ शक्तिसँग जोडेर अभिव्यक्ति दिइरहँदा उनले घैंटेसँग जोडिँदा गिरेको साख उठाउन बाबुराम र नयाँ शक्तिसँग आफूलाई जोडेर महाधिवेशनको लागि मसला बनाउँदै भोटकालागि आफ्ना कार्यकर्तासँग ‘इमोशनल ब्ल्याकमेलिङ’ गरिरहेका त छैनन् रु प्रश्न जन्मिएको छ । यो प्रश्नको उत्तर समयले त देला तर वर्तमान भने भ्रम र आशंकापूर्ण बनिरहेको छ ।

About The Author