Tue. Nov 26th, 2024

आन्दोलन र नाकाबन्दीका कारण १५ लाख मजदुर बेरोजगार

majadur-200x195१० माघ, काठमाडौँ – तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुकभर करिब १५ लाख मजदुरले रोजगारी गुमाएका छन् ।

यिनमा ५ लाख मजदुर औद्योगिक र १० लाख निर्माण क्षेत्रका हुन् । नाकाबन्दीपछि विकास-निर्माणका काम ठप्प भएका छन् भने उद्योगधन्दा र कलकारखाना बन्द छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार मुलुकमा यतिबेला विकास-निर्माणसँगै सरकारी, निजीस्तरबाट हुने सबैजसो निर्माणका काम प्रभावित छन् । कच्चापदार्थ आयात शिथिल हुँदा धेरै उद्योग बन्द भएका छन् । कृषि र सेवा क्षेत्रमा भने मजदुर कटौती थोरै छ ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीले असोज पहिलो सातादेखि पेट्रोलियम पदार्थ आपूर्तिमा आएको गिरावट र तराईसँगै अन्य क्षेत्रका उद्योगधन्दा बन्द हुँदा मजदुरको ठूलो संख्याले रोजगारी गुमाएको हो । इन्धन अभाव हुँदा अधिकांश आयोजनाका अधिकारीको दैनिकी इन्धनका लागि आयाल निगमको ढोका चाहार्नु बनेको छ ।कारोबार दैनिक

About The Author

अन्य समाचारहरु: