Tue. Nov 26th, 2024

अब सबै तहको परीक्षामा ‘लेटरग्रेटिङ’

९ माघ, काठमाडौं – शिक्षा मन्त्रालयले सबै तहको परीक्षामा लेटरग्रेटिङ लागू गर्ने तयारी गरेको छ । मन्त्रालयले यो वर्षदेखि एसएलसी परीक्षामा लेटरग्रेटिङ शुरु गरेपछि त्यसलाई निरन्तरता दिन सबै तहमा लेटरग्रेटिङ लागू गर्न लागेको छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले देशभरका सबै विश्वविद्यालय, उच्च मावि र विद्यालय तहमा लेटरग्रेटिङ लागू गर्ने विषयमा छलफल भएको थियो । शिक्षा मन्त्रालयका सबै निकाय, देशका ९ वटा विश्वविद्यालयका उपकुलपति, उच्च माध्यमिक शिक्षा परिषद, सीटीईभीटी, शिक्षक महासंघ, प्याब्सन, एन(प्याब्सन, अभिभावक संघ, राष्ट्रिय अभिभावक संघलगायत डेढ दर्जन सरोकारवालको उपस्थिति रहेको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरि लम्सालले शिक्षालाई स्तरीय बनाउन लेटरग्रेटिङ आवश्यक रहेको बताउँदै छलफल चरण सुरु गरेको र केहीदिनभित्रै सबै निकायलाई निर्देशन दिएर लेटरग्रेटिङ लागू हुने बताए । नेपाल समाचारपत्र

About The Author

अन्य समाचारहरु: