९ माघ, काठमाडौं –सरकारी स्वामित्वको नेपाल आयल निगम ९एनओसी०ले उपभोक्तामाथि खुलेआम बह्मलुट मच्चाउँदै आएको पाइएको छ । एकपछि अर्को गरी दर्जनौ शीर्षकमा खर्च देखाउने र त्यसले पनि नपुगेर सीमावर्ती बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य सस्तो हुन नहुने भन्ने झुटो प्रचारबाजी गरेर निगम र त्यसको उच्च नेतृत्व वर्षौदेखि उपभोक्ता ठग्न तल्लिन देखिएको खबर छ ।
निगमका कार्यकारी निर्देशक सशील भट्टराईले निगमले परल मूल्यभन्दा पनि भारतीय सीमावर्ती बजारको मूल्यलाई आधार मानेर नेपालमा मूल्य निर्धारण गर्ने गरेको बताए ।
एनओसीको तथ्यांकअनुसार उसले रक्सौलमा खरिद गर्ने प्रतिलिटर पेट्रोलको मूल्य ३९ रुपैयाँ ९४ पैसा, डिजेलको ३३ रुपैयाँ ५७ पैसा र मट्टितेलको ३८ रुपैयाँ ८४ पैसा, हवाई इन्धनको ३७ रुपैइाँ ९३ पैसा र एलपी ग्यासको प्रतिसिलिन्डर एक हजार ६३ रुपैयाँ पर्दछ ।
तर, निगमले उपभोक्ताबाट भने प्रतिलिटर पेट्रोलमा ९९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ एक सय ६४ रुपैयाँ ८८ पैसा र एलपी ग्यास एक हजार चार सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।राजधानी दैनिक