Fri. Jan 31st, 2025

बहराइनलाई हराउँदै नेपालले जित्यो बंगबन्धु गोल्डकप

Nepal-Football-1८ माघ,धादिङ- बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको उपाधि नेपालले हात पारेको छ । आज भएको फाइनल खेलमा बहराइनको यु-२३ टोलीलाई ३-० गोल अन्र्तरले जित हात पारेको छ ।

खेलको पाँचौं मिनेटमै बिमल घर्तीमगरले नेपाललाई अग्रता दिलाएका थिए ।सुरुवातमै आक्रामक बनेको नेपालका लागि कप्तान बिराज महर्जनले दिएको क्रसमा अन्जन बिष्टले हेड गरेका थिए ।

खेलको अन्तिममा विशाल राइले गोल गरे । लगतै नवयुग श्रेष्ठले गोल गरे । १७ बर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपालले २३ बर्षसम्मको अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोडेको छ ।

यसअघि सन् १९९३ मा साफ गेममा उपाधि जिते यता नेपालले अन्तर्राष्ट्रय फुटबलमा उपाधि जितेको थिएन ।

About The Author

अन्य समाचारहरु: