Tue. Nov 26th, 2024

टिफिन च्यापेर अस्पताल पुग्छन डाक्टर

Bir-Hospital ५ माघ, काठमाडौं – वीर अस्पतालका वरिष्ठ न्यरोसर्जन गोपालरमण शर्मासँग कार्यालय जाँदा साथमा सँधै टिफिन बाकस हुन्छ ।

टिफिन बासकमा रहेको खाजा अरु कसैका लागि होइन, आफ्नै लागि हो । शर्मा मात्र होइन, अस्पतालका अधिकांश डाक्टर स्कले नानी या महिला कर्मचारीझै साथमा टिफिन बाकस बोकेर कर्यालय पुग्छन । कारण हो-अस्पतालका क्यान्टिनको कसैलाई भर छैन । फोहोर, बासी र अस्वस्थ्कर खानाले चिकित्सक नै बिरामी हुने समस्या बढेपछि अधिंकाशले घरबाटै टिफिन ल्याउन थालेको छ ।

‘अस्पतालका क्यान्टिन र वरपरका रेस्टुराँको भरै हुँदैन,’ डा। शर्माले भने, ‘अनेक स्वास्थ्य समस्या देखिएपछि मैले घरबाटै खाजा ल्याउन थालेको हुँ ।’चिकित्सक शर्माले टिफिन बाकस बोक्न थालेको १० वर्ष भयो । वीरमा उनैले यो थिति बसाएका हुन् ।
नागरिक दैनिकबाट

About The Author

अन्य समाचारहरु: