Sat. Mar 15th, 2025

हिम पहिरोमा परि फ्रान्समा ५ सैनिकको मृत्यु

him7ea9-4aba-8patdf3-7abf02ddf57b५ माघ, फ्रान्स– फ्रान्समा हिम पहिरोमा परेका पाँच जना सैनिकको ज्यान गएको छ ।

अल्प्स हिम श्रृँखलमा सैन्य अभ्यास गरिरहेका बेला पहिरो जाँदा अन्य ६ सैनिक घाइते भएका छन् । इटालिको सीमा नजिक ५० जना सैनिकले अभ्यास गरिहेका बेला हिम पहिरो गएको हो ।

हिम पहिरोमा पर्नेमा फ्रेन्च फरेन लिजनका सैनिक हुन् । सैनिकले हिम क्षेत्रमा अभ्यास गरिरहेका बेला ११ वटा हिम पहिरो गएको थियो । त्यस लगतै तालिम प्राप्त कुकुर तथा हेलिकप्टरले उद्दार कार्य गरिहेका छन् ।

फ्रेन्च फरेन लिजन फ्रान्सेली सेनामा सामेल हुन चाहने विदेशी नागरिकका लागि गठन गरिएको हो । १९ औं शताब्दिमा गठन गरिएको फ्रान्सेली सेनाको यो विशेष फोर्समा विदेशीसहित फ्रान्सेली नागरिक पनि सामेल हुन पाउँछ ।

हिम पहिरोमा परेर ज्यान गुमाएका तथा घाइते सैनिक कुन देशका नागरिक थिए भन्ने खुलाइएको छैन ।
– एजेन्सीको सहयोगमा

About The Author

अन्य समाचारहरु: