५ माघ, काठमाडौं -नेपाल आयल निगमसँग सवा दुई करोड लिटर इन्धन मौज्दात रहेको छ ।
थानकोट डिपो भरिएर ट्यांकरले खन्याउन पाएका छैनन, तर निगम तेल साँचेर बसेको छ । भारतीय नाकाबन्दीअघि ९भदौ मसान्तमा० नेपाल आयल निगमको देशभर रहेको डिपोमा करिब एक करोड ९० लाख लिटर (१९ हजार किलोलिटर) इन्धन थियो । देशभरका नौ डिपोमा अहिले दुई करोड १८ लाख २६ हजार लिटर इन्धन मौज्दात छ । डिजेल एक करोड २४ लाख ९९ हजार लिटर र पेट्रोल ३५ लाख ९२ हजार लिटर छ ।
निगमले इन्धन वितरणमा नियन्त्रण गरेपछि मौज्दात बढेको हो । निगमसँग् धेरै परिमाणमा इन्धन भए पनि वितरण बढाएको छैन । निगमले नाकाबन्दीयता तीनपटक निजी सवारीलाई इन्धन दिएको छ । त्यस्तै, ११ मंसिरदेखि अत्यावश्यक सेवाका सवारी साधनलाई कोटा तोकेर इन्धन वितरण हुँदै आएको छ ।
नयाँ पत्रिकाबाट