Sat. Mar 15th, 2025

धादिङको थाक्रेमा रहेको एक पसलबाट ७ लाख नगद सहित गरगहना चोरी

???????????????????????????????४ माघ, धादिङ – धादिङको थाक्रे गाँउ विकास समितिको वडा नं ३ महादेवीबेसी बजारको एक सुनचाँदि पसलबाट नगद सहित गरगहना चोरी भएको छ ।

बजारमा रहेको पशुपति सुनचाँदि पसलबाट गएराति ७ लाख रकम सहित ४० तोला सुनचाँदिका गहना चोरी भएको हो । पसलको ताल्चा नै फोरेर भित्र रहेको लकर नै लगेको प्रहरीले जानकारी दिएको छ ।

रातीको समयमा भएका कारण कसले चारी ग¥यो भन्ने कुरा थाहा नभएको पसलका सञ्चालक चतुरे सुनार बताउँछन् ।

घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

 

About The Author

अन्य समाचारहरु: