Tue. Mar 4th, 2025

नेपालको बनारस रूरू (रिडी) क्षेत्र : ‘हिजो आज र भोली’

कपिल ज्ञवाली –
kapil
रूरू क्षेत्र रिडीको महत्व शब्दमा उतारेर सकिदैन । गुल्मी,पाल्पा र स्याङ्जा तीन जिल्लाको मुख्य संगम स्थल रुरु क्षेत्र कालीगण्डकीको नामले परिचित छ ।  कन्याको नामबाट रुरु क्षेत्रको नाम रहन गएको धार्मिक पौराणिक मान्यता छ ।

रुरु क्षेत्रको महत्व र प्रचार प्रसार दैनिक रुपमा बिकसित रुपले भैरहेको छ । नेपालको चार धाम मध्येको एक र नेपालको बनारस भनेर चिनिने रुरु क्षेत्र पर्यटकीय गन्तब्य पनि हो । कालीगण्डकीको सामिप्यमा रहेको रुरु क्षेत्रको वारी पारी र गुल्मी र स्याङ्जा मुखामुख गरेका छन् उनीहरुको बिचमा पाल्पाले मुस्कान छाडिरहेको छ ।

सिंगो इतिहास बोकेको रुरु क्षेत्र धार्मिक,ऐतिहासिक,सांस्कृतिक तथा पुरातात्विक महत्वको एउटा धरोहर र खम्बा हो । गुल्मीको मुख्य प्रवेशद्वार पनि रुरु क्षेत्र नै हो ।

यस क्षेत्र त्रको माहात्म्य अठार पुराण्ँमा गरिएको छ । रुरु –मृग द्वारा दूध पिलाएर हुर्किएकी बालिकाको नाम रुरुकन्या पर्न गएको उल्लेख वराह पुराण्ँमा पाइन्छ । रुरुकन्याको कठोर तपस्याबाट प्रसन्न हुनुभएका भगवानसित कन्याले दुइवटा वर मागेको प्रसंग पुराण्ँमा छ । ( मेरो नामले यो क्षेत्र प्रसिद्ध होस्,र जुन रुपले भगवानले कन्यालाई दर्शन दिनुभएको थियो, त्यही चतुरबाहु रुपमा यहां प्रकट भएर रहनुपर्ने) ।मगर भाषामा ”री”भन्नाले कालो तथा ”डी” भन्नाले पानी भन्ने अर्थ लाग्छ ।

अर्थात् कालो पानी बग्ने क्षेत्र (काली गन्डकी )भएकोले यसलाई ”रिडी” भनिएको हो भन्ने पनि केहि तर्क नभएका होइनन् । रिडीदेखि डेढ किलोमिटर उत्तरमा भृगुतुंग नामक गुफा रहेको छ ।

यंहा भगवान शिबले आफ्नी पत्नी पार्बतीको शब बोकेर संसारको भ्रमण गर्दै गर्दा सतीदेविको उपल्लो दांत पतन भएको मान्यता रहेको छ । जुन श्री स्वस्थानी महात्यम्यमा पनि केहि ब्याख्या गरिएको छ ।

जंहा दैनिक पूजा आजा हुन्छ खासगरि शिबरात्रीमा माघ र फागुन महिनामा भक्तजनको ओइरो लाग्ने गर्दछ । यो स्याङ्जा जिल्लामा पर्दछ । (पुलक्यामको अगाडि )

त्यस्तै गलफूलगुफा पनि गुल्मीको थोर्गा तर्फको भागमा रहेको छ । जुन रिडि बजारबाट आदा किलोमिटर माथि थोर्गा तर्फ अबस्थित छ । रुरुकन्याले तपस्या गरेको गुल्मी जिल्ला जंहा देवदत्तको तपस्थली पनि छ । धार्मिक धरोहर रुरु क्षेत्रमा साना ठूला गरेर १ सय बढि मन्दिर तथा साना ठूला केहि गुफा पनि छन् । जंहा अहिलेसम्म पनि दैनिक पूजा आजा गरिन्छ । धेरै गुफाहरुमा शिब ध्वनी जगाउने गरिएको छ ।

रिडीमा मुख्य गरि माघेसक्राान्तीमा तीन दिन र ऋशिकेश उत्सब २ दिन ठुलो मेला लाग्ने गर्दछ । साथै बर्ष भरीको औंशी,पुर्णिमा,ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने गर्दछ । एकादशी,औशि,पूर्णिमा तथा हिन्दु परामपरा अनुसारका बिभिन्न साना तथा बढि महत्वका दिन ९पर्व०मा श्रद्धालुहरुको भिड लाग्ने गरेको छ । रिडी घाटमा मानिसको शब जलाउने गरिन्छ जुन स्थान अति पबित्र पनि मानिन्छ ।  माघे सक्रान्तिको पहिलो दिन १ गते लाइ जेठी सक्रान्ति,२ गतेलाइ माइली सक्रान्ति र तेश्रो दिनलाई कान्छी सक्रान्ती भन्ने गरिन्छ । मेला महोत्सवको आयोजना गरिन थालिएपछि बर्षेनी श्रद्धालुहरुको संख्या रिडीमा बढ्दै गइरहेको छ । मेला महोत्सवमा स्थानिय उत्पादनको कृषि प्रदर्शनी,बिभिन्न प्रकारका सामग्रीको प्रर्दशनी,राष्ट्रिय कलाकारको प्रस्तुतीले पनि दर्शकहरुको संख्या बढाउदै लगेको छ । रिडीमा हरेक बर्ष सरकारी तथा गैरसरकारी पक्षहरुको सहयोगमा स्थानिय रुपमा रुरु फ्रेन्डस् क्लवले त्यस्को संयोजन गर्दै आइरहेको छ ।

रुरु—रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति २०६३ सालमा नेपाल सरकारद्वारा गठन भएको हो । पश्चिम नेपालको मुख्य ब्यापारीक नगरी (राजधानी) बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा अबस्थित रुरु क्षेत्र  गुल्मी जिल्लाको प्रबेशद्वारा हो । प्राकृतिक बनावटमा उपत्यका जस्तो देखिने रिडी सामुन्द्रिक सतह देखी १ हजार ८ सय फीटको उचाइमा रहेको छ ।चष्पजभकधयच चारै तिरबाट पहाडै पहाडले घेरीएर बिचमा समथर जमीन रहेकोले यस्लाइ गुल्मी,पाल्पा र स्याङ्जाको साझा उपत्यका मानिन्छ ।

कालीगण्डकीको तटमा अबस्थित यो ठाउ“मा २०१८ सालमा आएको भिषण बाढीले रिडी बजारलाई पुरै ध्वस्त बनाएको इतिहास भेटिन्छ ।

त्यहि कारण्ँ रिडि ऐतिहासिक तथा धार्मिक महत्वका सम्पदाहरु सहीत ठुलो धनजनको क्षती भएको थियो ।महाबिनास पछी बनेको नया“ घरहरु,मन्दिर,पाटी,पौवा तथा बगैचाहरुले यो ठाउ“लाई ब्यबस्थित बनाउनुका साथै यस्को सौन्र्दयता समेत थपेको छ अहिले ।

हिन्दू धार्मिक मान्यता अनुसार नेपालमा चार वटा धार्मिक क्षेत्रहरु मध्ये (रुरु क्षेत्र , बराह क्षेत्र, पाशुपतक्षेत्र  र मुक्तिक्षेत्र ) मध्येको एक क्षेत्र रुरुक्षेत्र पनि हो । सरकारले रुरु—रेशुङ्गालाइ एकैसाथ अगाडि बढाउने योजना अगाडी पनि सारेको छ ।

भगवान बिष्णुको प्रतिक मानिने शालीग्रााम पनि रिडीमा पाइन्छ । त्यसैले यो क्षेत्र दुर्लब शालिग्रााम पाइने स्थानका रुपमा पनि चिनिएको छ । पाल्पा तर्फ ऋषीकेश मन्दिर नेपालकै सुप्रशिद्ध मन्दिर रहेको छ ।

ऋषिकेशको मूर्ति कालीगण्डकीमा भेटिएको पाइन्छ । जुन बिश्व सम्पदा सुचीको लागि मनोनयमा समेत परेको छ ।यिनै भगवान ऋषिकेशको बिराजमान,कालिगन्डकीको बहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रै—आयामिक बिशेषताहरुको संगम रहनाले रुरु क्षेत्र को बिशिष्ट प्रकारको पहिचान रहेको छ । यो क्षेत्र  धामिर्क स्थल मात्र नभएर यो भेगको मुख्य ब्यापारिक केन्द्रबिन्दु पनि हो ।  रिडीमा राडि पाखी,डोका डाला,नाम्ला,कम्बल,घिउ ,चाकु,तरुल खुदो,उखु,कफी,अदुवा,लिचि लगायतका स्थानिय उत्पादन पनि प्रख्यात मानिन्छ । प्राचिनकाल देखीनै  ल्मी,पाल्पा,स्याङ्जा,अर्घाखा“ची,बाग्लुङ,रुकुम र रोल्पा लगायत अन्य आसपासका जनताहरुको निबै बढि आवत जावत हुने गर्दछ ।

चगचग ज्ञरुरुक्षेत्र  पनि पहाडि भेगको ब्यापारिक केन्द्र बन्नेमा आशा गर्न सकिन्छ । देशले चरम उर्जा संकट बेहोरीराखेको अवस्थामा खेर गएको खोलाको पानी बाट २.४ मेघावाट बिद्युुत उत्पादन गरी रुरु क्षेत्र लाई लोडसेडीङ मुक्त क्षेत्र  स्थानियको पहलमा भएको छ । इतिहासमा पाल्पाली राजा मणिमुकुन्द सेन,भिम्सेन थापा,जंग बहादुर राणा तथा राजामहाराजाहरुको प्रमुख गन्तब्य रहेको पाइन्छ । साथै भिम्सेन थापाले यो ठाउ“मा एउटा मन्दिर र पौवा समेत बनाएका छन ।

त्यस्तै श्री ३ जुद्ध शम्शेर राणाले अर्गलीमा दरबार छन् । रिडिघाटमा राजपरिवारको कुनै पनि सद्स्यको देहाबसान पछी तिनीहरुको अस्तु सेलाउने परम्परा पनि आजसम्म कायम रहेको छ ।बिसं २०५८ सालमा पटक स्व।राजा बिरेन्द्रको अस्तु पनि कालिगण्डकी मै सेलाइएको थियो । पश्चिम नेपालको तानसेन बजारदेखि उत्तर–पश्चिममा गुल्मी र पाल्पाको सिमानाबाट बग्ने पवित्र कालीगण्डकीमा सुन खोज्नेहरुको पनि तांती नै लाग्छ ।

रुरु क्षेत्रमा त्यसभेगमा रहेका ३ वटै जिल्ला र छिमेकी जिल्लाहरुबाट,नेपालको हिमाली भेगका साथै भारतका बिभिन्न क्षेत्रबाट भारतीय नागरिकको पनि पूजाआजा तथा धार्मिकलाभ सहित पुण्यआर्जनका लागि आउने गरेका छन् ।रुरुको एकिकृत विकास,धार्मिक पर्यटन,सांस्कृतिक मुल्य मान्यतासंग पनि जोडिएको छ ।

About The Author