Thu. Mar 13th, 2025

कारागारबाट भागेका कैदी अर्काकी श्रीमती लैजाँदा पक्राउ

२ माघ,बिराटनगर–व्यक्ति हत्यामा संलग्न भएको अभियोगमा कैद सजाय भुक्तान गरिरहेका बेला जिल्ला कारागार दोलखाबाट ११ वर्ष अघि फरार भएका एक व्यक्ति अर्काकी श्रीमती लगोको घटनामा पक्राउ परेका छन् ।

दोखलाको बाबरे गाविस ५ का ४० वर्षका विष्णुकुमार पाण्डेलाई बुधबार पाँचथरको यासोक गाविस ३ बाट पक्राउ गरेर शुक्रबार मोरङको पथरी ल्याइएको हो ।

कर्तव्य ज्यान मुद्दामा अदालतले गरेको फैसला अनुसार कैद सजाय भुक्तान गरिरहेका उनी तकालीन माओवादीले कारागारमा आक्रमण गरेको मौका छापेर ११ वर्ष अघि भागेका थिए ।

मोरङ पथरी सात बाट एक वर्षअघि अर्कैकी श्रीमती लिएर भागेको विषयमा जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरिरहेको थियो । आफ्नी श्रीमती पाण्डेले लगेको र सबै सम्पत्ति श्रीमतीकै नाममा रहेका कारण आफू समस्यामा परेको भन्दै प्रहरीमा पीडित युवाले जाहेरी दिएका थिए ।

About The Author

अन्य समाचारहरु: