श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ नगरपालिका–३ धादिङको लागि निम्नानुसार कर्मचारी आवश्यक भएको हुँदा ईच्छुक नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित हस्तलिखित निबेदन पेश गर्न आह्वान गरिन्छ ।
प्रथम पटक प्रकाशित मिति २०७१ कात्तिक १८
तपसिल
विज्ञापन नं :– ०१ ,२०७१/२०७२
१. पद : ऋण सहायक
२. तह चौथो
संख्या : १
३. न्यूनतम शैक्षिक योग्यता
– व्यवस्थापन संकायमा कक्षा १२ वा सो सरह उत्र्तीण
४. प्राथमिकता
– प्रतिवेदन लेखन सम्बन्धी अनुभव भएको
– सहकारी लेखा व्यवस्थापन सम्बन्धी ज्ञान भएको
– कम्प्युटर सम्बन्धी आधारभूत सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने)
– समूहमा रहेर कार्य गर्न सक्ने तथा स्थानीय परिवेशमा घुलमिल हुन सक्ने
– सहकारी, बैक तथा बित्तिय संस्थामा काम गरेको लाई विशेष प्रथमीकता
५. व्यक्तिगत बायोडाटा (विवरण) सहित २ प्रतिफोटो
६. परिक्षाको किसिम : लिखित, अन्तवार्ता र प्रयोगात्मक
७. पारिश्रमिक र अन्य सुबिधा : संस्थाको नियमावली तथा (समझदारी) अनुसार हुनेछ ।
८. दरखास्त आइपुग्नु पर्ने अन्तिम मिति : २०७१ मंसीर २४ गते कार्यालय समय भित्र ।
पदपुर्ती समिति
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.
नीलकण्ठ नगरपालिका – ३