Fri. Mar 14th, 2025

लाईन्स क्लव अफ काठमाण्डौ नेटवर्कद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

lions२९ पुस, धादिङ – लाईन्स क्लव अफ काठमाण्डौं नेटवर्कले लाईन्स क्लवका संस्थापक मेल्भिन जोन्सको जन्म दिनको अवसर पारेर काठमाण्डौंको सितापाईला स्थित पुनरवलप्लस होममा रहेका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

अभिभावक समेत गुमाएका कतिपय बालबालिकाहरुलाई जाडोको समयमा न्यानो कपडा प्रदान गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै लाईन्स क्लव अफ काठमाण्डौं नेटवर्कले आइतबार न्यानो कपडा वितरण गरिएको संस्थाले जनाएको छ । प्लस होममा रहेका २९ जना बालबालिकाहलाई लाईन्स क्लव नेटवर्कको तर्फबाट थर्माकोल सेट र टोपी वितरण गरिएको थियो । पुनरवल प्लस होममा एचआईभि तथा भूकम्प पीडित बालबालिकाहरु बस्दै आइरहेका छन् । धादिङ, कैलाली र बर्दिया लगायत ११ जिल्लाका बालबालिकाहरु बसोवास गर्दै आईरहेका छन् ।

वितरण कार्यक्रममा बोल्दै नेटवर्कका अध्यक्ष विनय खकुरालले लाईन्स क्लवले समाज सेवालाई नै मुख्य केन्द्र बिन्दु बनाउँदै आएको स्मरण गर्दै बालबालिकाको क्षेत्रलाई लाईन्स क्लब झनै संवेदनशील रहेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने खकुरालले जानकारी दिए । लाईन्स क्लव नेटवर्क काठमाण्डौंले यस अघि पनि पुनरवल प्लस होमका बालबालिकाहरुलाई भोजन प्रदान गरेको थियो ।

About The Author

अन्य समाचारहरु: