Tue. Nov 26th, 2024

जलविद्युत विकास कम्पनीको सेयर बाँडफाड

timthumb.php२९ पुस, धादिङ – जलविद्युत लगानी तथा विकास कम्पनीले बुधबार सेयर बाँडफाँड गरेको छ । कम्पनीले आवेदन स्वीकृत भएका सबैलाई कम्तीमा १० कित्ता सेयर दिने भएको हो ।

सेयरका लागि ३ लाख ४ हजार ६ सय ५२ जनाले आवेदन दिएका थिए । कुल आवेदकमध्ये ५३४ जनाको आवेदन रद्ध गरिएकोे छ । बाँडफाँड अनुसार १०० कित्ता भर्नेले १० कित्ता र ५०० कित्ता भर्नेले ५६ कित्ता सेयर पाएका छन् ।

कम्पनीको सेयरका लागि ५० देखि ८० कित्ता सेयरका लागि आवेदन दिने आवेदकले १० कित्ता पाएका छन् त्यसैगरी, ९० देखि ५०० कित्तासम्म भर्नेले ११.४ प्रतिशतका दरले पाएका छन् । भने त्यसमाथि आवेदन दिनेले २.९ प्रतिशतका दरले बाँडफाँड गरिएको हो ।

गत कात्तिक १२ गते कम्पनीले सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको थियो । त्यसमा साढे २१ गुणा बढि अर्थात ४३ अर्ब रुपैयाँको आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
नपरेको सेयर रकम फिर्ताका लागि कम्पनीले पहिलो पटक केही हिस्सा रकम आवेदकको बैंक खातामै जम्मा गर्ने प्रक्रिया सुरु भएको छ । धादिङ जिल्लाबाट १ हजार ५० जनाले सेयरका लागि आवेदन दिएका थिए ।

About The Author

अन्य समाचारहरु: