Fri. Mar 14th, 2025

पोलियो खोप केन्द्र नजिकै विष्फोट हुँदा पाकिस्तानमा १४ जनाको मृत्यु

pakistan_map_kohat1२९ पुस, पाकिस्तान –  पाकिस्तानको क्वेटा शहरमा गराइएको बम विष्फोटमा १४ जनाको मृत्यु भएको छ । पोलियो खोप केन्द्रलाई लक्षित गर्दै गराइएको बम विष्फोटमा २० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अधिकांश सुरक्षाकर्मी रहेको बीबीसीले जनाएको छ । बालबालिकाहरुलाई पोलियो थोपा खुवाउने खोप केन्द्रको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई लक्षित गरी बम विष्फोट भएको थियो ।

बलुचिस्तान प्रान्तका एक मन्त्री शरफराज बुगटीका अनुसार स्वास्थ्य कार्यकर्ताहरु आफ्नो इलाकामा जानु अघि रिपोर्ट गर्न जम्मा भएका बेला विस्फोट भएको हो ।

About The Author

अन्य समाचारहरु: