२९ पुस, धादिङबेसी– चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) को अर्धबार्षिक समिक्षा गोष्ठी मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ बैशाख १२ गते गएको विनाशकारी भुकम्प पश्चात सिड्स धादिङले गरेको राहत र उद्धारको क्षेत्रमा भएको गतिविधिको बारेमा जानकारी गराईएको थियो ।
संस्थाका अध्यक्ष उर्मीला रेग्मीेको अध्यक्षतामा सम्पन्न भएको समिक्षा गोष्ठीमा उपाध्यक्ष राजु परियार, कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, सुरक्षित आप्रवासन(सामी) का जिल्ला परियोजना संयोजक कमल बहादुर रोकाय, सिड्स धादिङ द्धारा सञ्चालित विभिन्न परियोजनाका संयोजक लगायत सिड्स धादिङमा आवद्ध कर्मचारीहरुको सहभागीता रहेको थियो ।
सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले संस्थाको परिचय, लक्ष्य, उद्देश्य र आगामी रणनीतिको बारेमा जानकारी गराएका थिए । साथै भुकम्प पश्चात विभिन्न संघ–संस्था सँग मिलेर जिल्लाका विभिन्न क्षेत्रमा गरिएको राहतको बारेमा पनि जानकारी गराएका थिए ।
यसैगरी सिड्स द्धारा सञ्चाली भएका विभिन्न परियोजनाका संयोजकहरुले भुकम्प पश्चात विभिन्न गाउँ विकास समितिका गरेका गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । सुरक्षित आप्रवासन (सामी) परियोजनाका कार्यक्रम संयोजक गँगा सुवेदी, साथसाथ परियोजनाका कार्यक्रम संयोजक रस्मी सेढाई, सामुदायीक स्वास्थ्य कार्यक्रमका संयोजक धर्मराज थपलिया, अस्थाई सिकाईकेन्द्र निर्माण कार्यक्रमका संयोजक निरञ्जन रुपाखेती, आईपिसी कार्यक्रमका कार्यक्रम संयोजक सुनिता न्युछेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वि.स २०५२ साल कात्र्तिक ३ गते चन्द्रज्योती युवा क्लबको रुपमा ९ जना युवाहरुको संक्रियतामा स्थापना भएको संस्था अहिले चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स)को नाममा परिचित रहेको छ ।