२८ पुस, धादिङ – मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ ।
सोमबार सुन प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव जारी रहँदा त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको छ ।
मंगलबार तेजावी सुनको मूल्य भने ४९ हजार ४ सय ५० रुपैयाँ तय भएको छ । चाँदीको मूल्य भने आज पनि स्थिर छ । मंगलबार प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।