Thu. Feb 27th, 2025

कृषि पेशालाई सम्मानित र मर्यादित रुपमा हेर्न किसानको माग

kisan२७ पुस, धादिङ – कृषि पेशालाई सम्मानित र मर्यादित रुपमा हेर्न धादिङका किसानहरुले माग गरेका छन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल जिल्ला कार्य समिति धादिङले आज धादिङबेसीमा आयोजना गरेको दोस्रो जिल्ला परिषद्मा किसानहरु मलबीउ र कृषि औजारमा ७५ प्रतिशत अनिवार्य अनुदान दिने व्यवस्था मिलाउन, कृषि बिमा कडाईका साथ लागु गर्न, किसानको परिचयपत्र तत्काल कार्यन्वयन गर्न माग गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले व्यावसायिक किसानहरुको जीवन बिमा तथा पेन्सनको व्यवस्था पनि गरिनुपर्ने बताएका छन् । राज्यले कृषि पेशालाई व्यावसायिकरण, आधुनिकरण नगर्दा दयानिय बन्दै गएको पनि किसानहरुले गुनासो गरेका छन् । धादिङमा ४ सय कृषक समूहहरु भएतापनि भूकम्पले झनै पीडा थपिएको राष्ट्रिय कृषक समूह महासंघ नेपाल जिल्ला कार्य समिति धादिङका अध्यक्ष कमलबहादुर गुरुङले पाविलन्युज डटकमलाई जानकारी दिए ।

धादिङ जिल्लामा ६० प्रतिशत भन्दा बढि मानिस कृषि पेशामा आवद्ध रहेका छन् । राजमार्गसंग सिमाना जोडिएका जोगिमारा, धुषा, बेनिघाट, सलाङ, नलाङ, कुम्पुर लगायत २० गा.वि.स.का १२ हजार किसानहरुले बाह्रै महिना व्यवसायिक रुपमा ताजा तरकारी उत्पादन तथा विक्री गर्ने गरेका छन् । धादिङ जिल्लामा ५२ हजार मेट्रिकटन खाद्यन्नको अभाव देखिने गरेको र २६ हजार मानिसहरु भोकमरीको समस्यामा रहेको पनि कार्यक्रममा बताइएको छ ।

About The Author

अन्य समाचारहरु: