Wed. Mar 5th, 2025

वामपन्थी दल एक हुनपर्छ : अध्यक्ष वैद्य

mohan२७ पुस, काठमाडौं –  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रिय स्वाधीनता जोगाउन सबै वामपन्थी दल एक हुनुपर्ने बताएका छन् ।

भक्तबहादुर श्रेष्ठको चौँथो स्मृति दिवसको अवसरमा भक्तबहादुर स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको विचार गोष्ठीमा उनले गणतन्त्रलाई संस्थागत गर्दै राष्ट्रलाई बचाउन वामपन्थी दलहरु छुट्टिएर नभई एकबद्ध भएर लड्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘देशमा अझै उत्पीडनको समस्या छ । त्यसतर्फ काम गर्न बाँकी छ, यो समस्याको अन्त्य गर्न सम्पूर्ण वामपन्थी एकताको खाँचो छ ।’ उनले भक्तबहादुर श्रेष्ठ दूरदर्शी वामपन्थी नेता भएको स्मरण गर्दै देशबाट उत्पीडनको अन्त्य गर्न सकेमा उहाँप्रति सच्चा सम्मान हुने बताए ।

प्रतिष्ठानका अध्यक्ष सिपी गजुरेलले अहिलेको स्थिति जटिल भएको भारतले मधेस आन्दोलनलाई समर्थन गर्न नाकाबन्दी नगरी नेपालमाथि दमन गर्न गरेको आरोप लगाए ।

अर्का वक्ता लालुबाबु यादवले जातिगत विवादमा अल्झिएर राष्ट्रिय स्वाधीनता धरापमा पार्न नहुने धारणा राखे । उनले अहिलेको प्रमुख एजेन्डा राष्ट्रलाई बचाउनु भएको बताउँदैँ उहाँले यो मधेसी वा पहाडिया भनी लड्ने समय नभएको विचार राखे ।

राष्ट्रिय जागरण नेपाल अभियानका अध्यक्ष डा। उपेन्द्र देवकोटाले राष्ट्रियता बचाउन पहिले घरभित्र मिलाप हुनुपर्ने विचार व्यक्त गरे । रासस

About The Author

अन्य समाचारहरु: