Wed. Apr 2nd, 2025

दुई साता शारीरिक अभ्यासका लागि प्रशिक्षक पुबुदु स्‍वदेशतर्फ

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके करिब दुई साताका लागि स्वदेश फर्किएका छन्। दासानायके खेलाडीलाई दुई साताका लागि शारीरिक अभ्यासको तालिका दिएर बिहीबार राति क्यानडा गएका हुन्। नेपाली टोलीले डिसेम्बर १४ देखि डिभिजन दुईको तयारी थाल्ने छ।

pubudu_385466399

सरकारले आफ्नो पहलमा पदावधि थप गरेपछि दासानायके केही महिनाअघि पुनस् नेपाल फर्किएका थिए। त्यसअघि नेपाल क्रिकेट संघ ९क्यान० ले सम्झौता नवीकरण नगरेपछि उनले नेपाली क्रिकेटको जिम्मेवारी छाड्नु परेको थियो। उनी आएयता नेपालले १७ औं एसियाड र आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीन खेलेको थियो। एसियाड क्रिकेटमा क्वार्टरफाइनलमा पुगेको नेपालले मलेसियामा डिभिजन तीन क्रिकेटको उपाधि जितेर डिभिजन दुईको यात्रा तय गरेको थियो।

नेपाली टोली एसियाली क्रिकेट काउन्सिल ९एसीसी० को कार्यक्रममा भर्खरै करिब दुई साता श्रीलंकाको भ्रमण सकेर स्वदेश फर्किएको हो। नेपालले नामिबियामा आगामी जनवरीको १७ देखि २४ तारिखसम्म डिभिजन दुई क्रिकेट खेल्दै छ। राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, युगान्डा, क्यानडा, केन्या, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन्।

प्रतियोगिताका शीर्ष दुई टोली आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप र आईसीसी इन्टर कन्टिनेन्टल कपका लागि छनोट हुने छन्। नामिबिया अफ्रिकी मुलुक भएकाले त्यहाँको मौसममा भिज्न प्रतियोगिता सुरु हुनुभन्दा केही साताअघि नै नेपाली टोली त्यसतर्फ लाग्ने योजनामा छ। दक्षिण अफ्रिकामा तयारी गर्ने पक्का भए पनि कुन ठाउँमा भन्ने बारे निश्चित भइसकेको छैन।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: