२५ पुस, धादिङ – धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा बोदनाथ दुवाडी निर्वाचित भएका छन् । उनले ४ सय ७ मत ल्याई बिजयी भएको हो । उनका प्रतिद्धन्द्धी अशोककुमार बस्नेतले ५८ मत ल्याए ।
बुधबारदेखि सुरु भएको संघको २२ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट नयाँ कार्य समिति चयन हुन नसकेपछि शुक्रबार प्यानल बनाएर निर्वाचन गरिएको थियो । जसमा अध्यक्ष सहित १६ सदस्य दुवाडीको प्यानलले जितेको छ । बोदनाथ दुवाडी प्यानललाई एमाओवादी सहित विप्लव, वैद्य माओवादी, काँग्रेस र राप्रपा लगायत निकट दलका व्यवसायीहरुले सघाएका थिए भने एमाले र बस्नेतलाई नयाँ शक्ति निकट व्यवसायीहरुको सहयोग गरेका थिए ।
संघको महिला सदस्य पदमा विष्णु श्रेष्ठ, चिनामाया श्रेष्ठ र शान्ता रिजाल विजयी भएका छन् । त्यस्तै उद्योग सदस्य पदमा दिपक कुमार कडेँल, विष्णु प्रसाद थपलिया, वाणिज्य सदस्यमा राजकुमार श्रेष्ठ र अशोक अधिकारी विजयी भएका छन् ।