Wed. Mar 5th, 2025

भिआइपीको विदेश भ्रमणमा कडाइ, मन्त्री र आइजिपीकै विदेश भ्रमण अस्वीकृत

२४ पुस, काठमाण्डौ -मन्त्री, सुरक्षा निकायका प्रमुख तथा सचिवहरु फजुल र अनावश्यक कार्यक्रममा विदेश जान खोजेपछि सरकारले उनीहरुको विदेश भ्रमण अस्वीकृत गरेको छ ।

गत मंगलबार राति बसेको मन्त्रिपरिषद बैंठकले खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह, उद्योग राज्यमन्त्री मेघराज नेपाली निषाध, श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्य, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको बेलायत भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको हो ।

प्रहरी महानिरीक्षक अर्याल डिएफआईडीको सहयोगमा बेलायत जाने कार्यक्रम तय भएको थियो । आइजिपीको बेलायत भ्रमण प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो । तर, उनी के र कुन उद्देश्यका लागि बेलायत जान लागेको हुन भन्ने कुराको औचित्य प्रस्तावमा नखुलाईएपछि गृहको प्रस्ताव मन्त्रिपरिषदले अस्वीकृत गरेको हो ।

मुलुकमा सुरक्षा चुनौती बढिरहेको अवस्थामा आइजिपी घुमघामका लागि मात्रै बेलायत जान लागेको पाइएपछि मन्त्रिपरिषद्ले उनको भ्रमण अस्वीकृत गरेको स्रोतको दाबी छ ।

About The Author

अन्य समाचारहरु: