Thu. Jan 30th, 2025

‘हामी मिलेर अघि बढ्छौं’

bodhanatha duwadiधादिङ उद्योग वाणिज्य संघको दुई कार्यकाल महासचिव भई कार्य गर्नुभएका बोधनाथ दुवाडी धादिङबेसीमा एग्रोभेट व्यवसाय संचालन गर्दै आउनुभएको छ । धादिङ जिल्लाको नलाङ गाउँ विकास समितिमा जन्मनुभई हाल निलकण्ठ नगरपालिका वडा नम्बर ३ मा स्थाई बसोबासमा रहनुभएका दुवाडीसंग धादिङ उद्योग वाणिज्य संघको समसामयिक विषयमा पाविल पाविल  न्युज  अनलाईको
लागि अस्मिता खतिवडाले गर्नुभएको कुराकानी ।

अधिवेसन हुँदैछ, तयारी कहाँ पुग्यो
धादिङ उद्योग वाणिज्य संघको २२ औं वार्षिक साधारण सभा  तथा आठौं अधिवेसन तयारी अन्तिम चरणमा छ । साधारण सभा सम्पन्न गर्नको लागि विभिन्न समिति, उपसिमिति वनाईएको छ  र उक्त समिति मार्फत नै तयारी भएको छ ।

राजनैतिक आस्थाका आधारमा भागवण्डा भएको तपाईहरु अलि टुटेको हो कि भन्ने चिसो पछि फेरी मिलेको हल्ला पनि आयो, यस्तो अवस्थामा यो अधिवेसनले सवै आस्था भएका व्यक्तिलाई समेट्न सक्ला ?
पहिलो कुरा, जिल्लामा उद्योग वाणिज्य संघ भनेको जिल्लाको आर्थिक विकास, व्यवसायीहरुको हक हित संरक्षणको निमित्त सरोकारवाला निकाय संग सहकार्य गर्दै अगाडी वढ्ने संस्था हो । संघको नेतृत्वमा भएको व्यक्ति कुनै दलसंग सम्वद्ध होला तर संघ भित्र संस्थागत र व्यवसायीक विकासका लागि आर्थिक एजेण्डामा क्रियासिल रहनु पर्छ ।

राजनैतिक दलले व्यवसायीलाई स्वतन्त्र संस्थाको रुपमा विकासका लागि क्रियाशिल गराउन पर्ने अवस्थामा केहि राजनैतिक दलका नेताहरुले केहि व्यवसायीहरुलाई व्यवसायी भन्दा राजनैतिक दलको कार्यकर्ता मुख्य ठानी व्यवसायीहरुको विचमा केहि अविश्वाश पैदा गरी सडकवाट संघको समानन्तर कमिटी  गठन गर्ने काम भएता पनि पछिल्लो समय यस संघलाई व्यवसायीहरुको साझा संस्था हो भन्ने वुझाईमा एकरुपमा आउनुको साथै सवै व्यवसायीहरुले राजनैतिक आस्थालाई उद्योग वाणिज्य संघको ढोका भन्दा वाहिरै राखी सम्पुर्ण व्यवसायीको हक हित र संरक्षणका लागि मजवुत संस्थाको रुपमा सुदृढ गराउने मनसायका साथ संघ भित्र प्रवेश गर्नु पर्दछ ।

यसरी व्यवसायीको हितलाई सर्वपरी ठानी उद्योग वाणिज्य संघको नेतृत्वमा आउने साथीहरुले राजनैतिक दलको भन्दा व्यवसायहरुको हितलाईनै मुख्य प्राथमिकता दिएर अगाडी वढ्ने प्रतिवद्धता गर्ने हो भने उद्योग वाणिज्य संघलाई एक ढिक्का भएर अगाडी वढाउन सकिन्छ । र सवै शक्तिलाई एक जुट वनाएर जान सकिन्छ ।
व्यवसायीहरुको हकहितका लागि उद्योग वाणिज्य संघको कदम ?
उद्योग वाणिज्य संघ जिल्लाको उद्यमी व्यवसायीहरुको  प्रतिनिधीमुलक छाता संस्था हो ।  यस संस्था मुख्यतः व्यवसायीहरुको हकहित सरंक्षणमै लागीरहने संस्था हो । संस्थाले समग्र व्यवसायीहरुको निति गत तथा व्यवहारीक समस्यालाई समाधान गर्न सम्वन्धीत सरकारी निकाय संग पहल गरिरहेको छ र गरिरहनेछ ।

२ कार्यकाल महासचिव पद सम्लाल्नु भयो ? अव अध्यक्षमा उठ्नु हुन्छ ?
२ कार्यकाल मैले महासचिव पद सम्हाँले । पहिलो कार्यकाल सकेर दोश्रो कार्यकालमा आउने क्रममा मलाई केहि तितो अनुभुत भएकै हो । तर दोश्रो कार्यकालको पनि अन्तिम अन्तिम सम्म आउँदा संघलाई अगाडी वढाउँदै सवै व्यवसायीहरुको साझा संगठनको रुपमा अगाडी वढाउन सक्छु भन्ने अभिप्रायका साथ अव अध्यक्ष पदमा मेरो दावेदारी रहन्छ ।

 अध्यक्ष हुनु भयो भने तपाईको मुख्य एजेण्डा के हो ?
सवै व्यवसायी सदस्यहरुले मेरो आवश्यकतालाई अनुभुत गर्दै अध्यक्षमा विजयी गराउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । म अध्यक्षमा विजयी भई सकेपछि जिल्लाको आर्थिक विकास तथा व्यवसायीहरुको हकहित संरक्षणमै केन्द्रित रहनेछु ।  जिल्लाको आर्थिक विकासको निमित्त कृषिमा व्यवसायीकरण, पर्यटनको विकास र खनिजन्य उत्पादनको व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।

त्यसको लागि मैले विभिन्न राजनैतिक दल, सरकारी तथा गैर सरकारी संस्था र नेपाल उद्योग वाणिज्य महासंघ लगायत संस्थाको सहकार्यमा उक्त कार्यक्रमलाई अगाडी वढाउने छु । ठोरी गल्छी, केरुङ लोक मार्ग निर्माण, धादिङवेसी भ¥याङ भुरुङ हुँदै केरुङ सडकको स्तरोन्नती,  धादिङवेसी आरुघाट सडकको कालो पत्रको निर्माण, साङकोष तिप्लिङ सडक स्तरोन्नतीलाई विशेष पहल गर्नेछु । प्रस्तावित साना सहरी विकास आयोजना अन्तरगत गल्छी वैरेनीमा निर्माण गर्न विशेष पहल गर्नेछुु ।
वहुप्रतिष्ठीत जलाशययक्त वुढीगण्डकी जलविद्युत परियोजना निर्माणको लागि सवै सरोकारवाला निकायसंग समन्वय गरि परियोजनालाई कार्यान्यवन गर्न पहल गर्नेछु । नीलकण्ठ नगरपालिकासंग सहकार्य गरि धादिङवेसी सडकको दायाँ वायाँ सडक पेटीलाई व्यवस्थित वनाई वटुवा मैत्री वनाउन पहल गर्नेछु ।
नीलकण्ठ नगरपालिकाले उठाउने व्यवसायीक कर मध्येवाट प्राप्त हुने केहि रकम व्यवसायीको विकास तथा संघको सचिवालय व्यवस्थापनमा खर्च गर्न पहल गर्नेछु । भुकम्प पिडित व्यवसायीहरुको पुर्नस्थापना तथा पुर्ननिर्माणको लागि नेपाल सरकार र सम्वन्धीत निकाय संग पहल गरि सर्वसुलभ तथा सरल कर्जाको लागि पहल गर्नुछु ।

About The Author

अन्य समाचारहरु: