Tue. Nov 26th, 2024

राहदानीका लागी एकैदिनमा ८ हजार आवेदन

brtnepal_20141229070304_nepali passport२१ पुस, काठमाडौं – डेढ महिनायता राहदानी बनाउन प्रशासन कार्यालय धाउनेको संख्या बढेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो मात्रामा गिरावट आइरहेका बेला पासपोर्ट बनाउनेको संख्या भने आश्चर्यजनक रुपमा बढेको हो । नोभेम्बर २४ यता नयाँ पासपोर्ट बनाउन आउनेको संख्या ह्वात्तै घट्ने अनुमान विपरीत आवेदन सख्या देख्दा राहदानी विभागसमेत चकित भएको  छ ।

नोभेम्बर २४ अघिको तुलनामा त्यसपछिका दिन दैनिक औषत एक हजार चार सय भन्दा बढी पासपोर्टका लागि आवेदन परेको देखिन्छ । पुरानो हस्तलिखित पासपोर्ट विस्थापित गर्दा समेत यति ठूलो संख्यामा आवेदन पर्ने गरेको थिएन । अहिले पासपोर्टका लागि एकैदिन करिब ८ हजार सेवाग्राहीको आवेदन पर्न थालेको छ ।
नागरिकदैनिकबाट

About The Author

अन्य समाचारहरु: