Fri. Mar 14th, 2025

हेल्पीङ ह्यान्ड्स एस नेपालले धादिङमा न्यानो कपडा वितरण गर्दै

१९ पुस, धादिङ–बैशाख १२ गतेको विनाशकारी भुकम्पको कारण विस्थापित भई हाल अस्थाई शिविरमा बसेकाहरुको लागी हेल्पीङ ह्यान्ड्स एस नेपालले महादेवस्थानका चेपाङ परिवारलाई न्यानो कपडा वितरण गरेको छ । चिसोको कारण भुकम्प प्रभावितहरु समस्यामा परेको भन्दै संस्थाले चिनको हाङजाउ प्रान्तका नागरिक लिग्ना छेङको आर्थिक सहयोगमा कपडा वितरण गरीएको हो ।

दक्षिण धादिङको महादेवस्थान गाउँ विकास समिति वडा नम्बर ३ का ३१ घरपरिवारका चेपाङपरीवार लाई संस्थाले  कम्बल र खाद्य सामाग्री विरतण गरेको हो । पृथ्वीराजमार्ग अन्तरग मलेखुबाट ५ घण्टाको पैदय दुरीबाट पुग्न सकिने उक्त स्थानमा अहिले सम्म कुनै सामाजिक संस्था समेत नपुगेको समाजसेवी शम्भु त्रिपाठीले बताए ।

२०६८ सालमा स्थापना भएको जभउिष्लन जबलमक क उयपजबचब ले भुकम्प प्रभावितहरुलाई विभिन्न सहयोग गर्दै आईरहेको छ । चिनीया नागरिक लिग्ना छेङ पोखरा घुम्न आउदा उक्त संस्थासँग सम्पर्क भएपछि उनी नेपालमा समाजसेवामा सक्रिय हुँदै आएकी छिन् । संस्थाले आईतबार कुम्पुर गाउँ विकास समितिमा न्यानो कपडा वितरण गरेको छ । उक्त संस्थाले कुम्पुर गाउँ विकास समितिमा ५ सय घरटहरा निर्माण गरीसकेको छ ।

About The Author

अन्य समाचारहरु: