१९ पुस, लमजुङ – कसैको घर छ, बस्न मिल्दैन । दाताले दिएको पाल च्यातिसक्यो । बढ्दो चिसोले रातभरि सुत्न दिँदैन । धेरैजसो बालबालिका र वृद्धवृद्धा रोगले थलिएका छन् ।
त्यसमाथि राजनीतिक जोडघटाउमा तल्लीन सरकारले तत्कालीन राहतस्वरुप प्रदान गर्ने भनेको १५ हजार रुपैयाँ पनि नदिएको पीडाले उनीहरुलाई झनै गलाएको छ ।
लमजुङका पाँच हजार ६ सय ६७ भूकम्पपीडितले आठ महिना बितिसक्दा पनि १५ हजार रुपैयाँ पाएका छैनन । जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पपीडितलाई वितरण गर्न रकम नपुगेको भन्दै सरकारसँग थप रकम मागेको छ ।
एउटै गाउँमा पनि कसैले पाउका छन्, कसैले पाएका छैनन् । वैशाख १२ को भूकम्प र पटक पटकका पराकम्पले लमजुङमा १३ हजार आठ सय एक घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । कारोबारबाट