१७, पुस – इस्लामिक स्टेट (आइएस)को समर्थन गरेर आक्रमणको योजना बनाएको भन्दै अमेरिकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका ति व्यक्तिलाई न्यूयोर्कमा चरमपंथी हमलाको योजना बनाएको आरोप लागेको छ । पक्राउ परेका २५ वर्षका एमानुअल लचम्यानले नयाँवर्षको पूर्वसन्ध्यामा बेकसुर मानिसहरुको ज्यान लिने योजना बनाएको प्रहरीको आरोप छ ।
न्यूयोर्कको रोचेस्टरमा विभिन्न हातहतियारको प्रयोग गरी आक्रमण योजना बनाइरहेको पाइएकाले पक्राउ गरेको प्रहरीले बताएको छ । बिबिसीका अनुसार उनले गएको महिना नै आइएसलाई समर्थन गरेको कुरा बाहिर आएको थियो । आइएसको संगठनमा रहन उनले सिरिया जाने तयारीसमेत गरिरहेको प्रहरीले दावी गरेको छ ।
आइएसले न्यूयोर्कमा कुनै हमलामा साथ दिए उनलाई सिरिया नै बोलाउने योजना बनाएकाले आक्रमणको तयारी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।