१७ पुस काठमाण्डौं – काठमाडौं उपत्यकासहित मध्य र पश्चिमी क्षेत्रको मौसम शुक्रबार सामान्यतया बदली हुने भएको छ । उच्च हिमाली क्षेत्रमा सामान्य हिमपातको संभावना छ । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभरीकै मौसम आशिंक बदली हुने मौसमविद् समिर श्रेष्ठले बताए ।
।
उहाँका अनुसार भारतको उत्तराखण्डबाट नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारण अहिले मध्य र सुदुरपश्चिमको मौसम बदली भएको हो । यो वायु पूर्वतिर सर्दै गएकाले त्यस क्षेत्रको मौसम पनि दिउँसोको समयमा बदली हुने अनुमान छ ।
बिहीबार तिब्बतबाट नेपाल छिरेको न्यूनचापीय क्षेत्रको वायुको प्रभावका कारण पूर्वका केहि ठाउँमा पानी परेको थियो । पानी परेपनि पश्चिमी वायुको प्रभावका कारण बादल लाग्दा अहिले नै तापक्रम धेरै नै घट्ने संभावना नरहेको मौसमविद् श्रेष्ठले बताए । । तर पश्चिमी वायुको प्रभाव हटेपछि अहिलेको तुलनामा थोरै तापक्रम घट्ने अनुमान छ ।