Tue. Mar 4th, 2025

मधेसको प्रमुख मागमा एमाले नेता नेपालको नयाँ प्रस्ताव- सीमांकन थाती राखौं

madhav-kumar-nepalकाठमाडौँ – नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सीमाङ्कनका विषयमा आएका अलगरअलग रायलाई सम्बोधन गर्न केही समय लाग्ने बताएका छन्

तराई मधेसमा जारी आन्दोलनका विषयमा रिपोर्टर्स क्लबको आज ज्ञापनपत्र बुझेपछि उनले सीमाङ्कनको विषय तीन महिनाका लागि थाती राखेर अगाडि बढ्नुपर्ने बताए ।

नेता नेपालले भने, “जनताको भावना र धारणा बुझेर सीमाङ्कनको मुद्दा टुङ्गो लगाउनुपर्छ, त्यसका लागि समय लाग्छ, उच्चस्तरीय समिति बनाएर टुङ्ग्याउने सिलसिलामा जानुपर्छ, तर सहमति गर्न ढिला गर्नुभएन ।”

मधेसी मोर्चाले सीमाङ्कनका विषयमा लचिलो भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले मधेसी मोर्चाले मेरो गोरुको बाह्रै टक्का भनेर हठ गर्न नहुनेबताए । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने विषयमा नेकपा (एमाले) विपक्षमा नरहेको स्पष्ट पार्दै उनले यस विषयमा ठीक सन्तुलन मिलाएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

भारतीय नाकाबन्दीले मुलुक आर्थिकरुपमा ठूलो समस्यामा परेको बताउँदै उहाँले विद्यमान समस्या छिटो टुङ्ग्याउनु सबैको हितमा हुने उल्लेख गरे। नाकाबन्दीका कारण मुलुकमा भारत विरोधी भावना बढ्नु दुवै देशको हितको पक्षमा नभएको उल्लेख गर्दै नेता नेपालले भने “भारतले पनि नेपाललाई खण्डरखण्डमा बुझ्नु भएन, परम्परागत सम्बन्धलाई समधुर बनाउनुपर्छ ।”

सरकारको काम कारबाही प्रभावकारी नभएको भन्ने जनगुनासो आएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । नेता नेपालले सबै पक्षका गुनासा सुनेर प्रधानमन्त्रीले समस्याको समाधान गर्नुपर्ने बताए । उनले भने, “जनतालाई आश्वासनभन्दा पनि ठोस नतिजा दिनुपर्छ, अहिले त्यो पुगेन ।”

सबैलाई मिलाएर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिँदै नेता नेपालले मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनले सिङ्गो मुलुकलाई प्रतिकूल असर पारेकाले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने बताए । उहाँले संविधान आफैंमा समावेशी भएपनि केही मनोवैज्ञानिक दूरीलाई सम्बोधन गर्नका लागि लचिलो भएर अगाडि बढ्न सकिने बताए ।

About The Author

अन्य समाचारहरु: