Fri. Mar 14th, 2025

उत्तरी धादिङको सत्यदेबीमा कम्बल वितरण

Kambal-650x434धादिङ  – उत्तरी धादिङको सत्यदेबी गाविसमा न्यानो कार्यक्रम अन्तरगत कम्बल, त्रिपाल, म्याटे«स लगायतका सामाग्री वितरण गरिएको छ ।

कोसोक नेपालले अक्सफामको सहयोगमा उत्तरको सत्यदेबी, दार्खा र त्रिपुरेश्वर गाविसमा न्यानो कार्यक्रम संचालन गर्ने कार्यक्रम अन्तरगत बुधबार सत्यदेबी गाविस वडा न. १, ४, ५ र ७ न. का ३ सय १८ लाई सो सामाग्री वितरण गरिएको कोसोक नेपालको अस्थाइ आवास कार्यक्रम संयोजक रामलाल श्रेष्ठले बताए ।

बैशाख १२ को भुकम्पले पूर्ण क्षति भएका घरपरिवारलाई सो सामाग्री दिइने कोसोक नेपालले जनाएको छ । तीन गाविसका ३ हजार ५ सय ७४ जनाले न्यनो कार्यक्रम सहभागि हुने छन् ।

यसअघि सत्यदेबी र त्रिपुरेश्वर गाविसमा १ हजार १ सय ६८ घरलाई जस्तापाता वितरण गरेको छ ७ सय ३५ जनाले १० हजारका दरले नगद वितरण गरिएको छ ।

About The Author

अन्य समाचारहरु: