Fri. Mar 14th, 2025

सुइतेलाई सहयोग जुट्दै

Som Chepang Story (3) copy१६ पुस, धादिङ – बिहेमा लिएको बीस हजार ऋण तिर्न नसकेर घरबार विहिन बनेका चेपाङ्ग दम्पत्तिलाई सहयोग जुट्न थालेको छ ।

ऋण तिर्न नसकेकै कारण साहुले भएजति सम्पत्ति हडपेपछि विचल्लीमा परेका गजुरी गाविस स्थित सुन्दरनाङ्गीका ६२ वर्षिय सोमबहादुर चेपाङ्ग (सुइते)को दम्पत्तिलाई धादिङको गुम्दी गाविस घर भई वैदेशिक रोजगारीको शिलशिलामा हाल साउदी अरबमा रहेका सुजन गुरुङ्ग, नलाङ्ग घर भई हाल अमेरिकामा रहेका बुद्धिमान वाइवा र रुपन्देही घर भएका निराजन श्रेष्ठले नगद सहयोग उपलब्ध गराएका हुन् ।

 ‘बिहेको २० हजार ऋणले विल्लीबास’ शीर्षकमा पाविल अनलाइन डटकम र पाविल साप्ताहिकमा प्रकाशित समाचार पढेर चेपाङ्गलाई दाताहरुले सहयोग पठाएका हुन् ।

 हालसम्म सुजनले २० हजार, बुद्धिमानले २ सय अमेरीकि डलर र निराजनले १० हजार रुपैया उपलब्ध गराएका छन् । सुइते र उनका श्रीमति सोममायाँको लालनपालन र बासस्थानको व्यवस्था मिलाउनका लागि दाताहरुले रकम पठाएका हुन् ।

अहिले सुइते गजुरी गाविस वडा नम्बर ४ जुडिडाँडा स्थित मुक्तिकान्त सिलवालको आँपको बगैचामा चार पाता जस्तोले घेरेर कटेरो तयार गरी बसिरहेका छन् । पुष महिनाको कठ्याङ्गीदो जाडोमा न एक सरो लगाउने गतिलो कपडा छ न ओड्ने ओछ्याउने, कटेरोभित्र तीन ओटा ढंगा जोडेर बनाएको अगेना छेउमा यी दम्पत्तिले रात कटाइरहेका छन् । विरामी पर्दा औषधी खान समेत सकिरहेका छैनन् । सोममायाँ शारीरिक रुपले अपाङ्ग छिन् ।

यस अघिकोे समाचार पढ्नुहोस्

बिहेको २० हजार ऋणले बिल्लीबास (फोटो सहित)

बिहेको २० हजार ऋणले बिल्लीबास (फोटो सहित)
बिहेको २० हजार ऋणले बिल्लीबास (फोटो सहित)
बिहेको २० हजार ऋणले बिल्लीबास (फोटो सहित)
बिहेको २० हजार ऋणले बिल्लीबास (फोटो सहित)

About The Author

अन्य समाचारहरु: