Fri. Mar 14th, 2025

सरकारले भूकम्पपीडितलाई २५ हजार थान कम्बल वितरण गर्दै

Blankets-2धादिङ – सरकारले भूकम्पपीडित नागरिकलाई चिसोबाट जोगाउन कम्बल र आर्थिक सहयोग वितरण कार्यलाई तीव्रता दिएको छ ।

भूकम्प प्रभावित जिल्लामा पीडित र कम आयआर्जन भएका नागरिकलाई तत्काल चिसोबाट जोगाउन सरकारले आज करिब २५ हजार थान कम्बल ती जिल्लामा पठाएको छ ।

यसबाहेक सरकारले भूकम्पपीडित प्रत्येक परिवारलाई दिने घोषणा गरेको रु १० हजार वितरण गर्ने कार्यलाई अभियानका रुपमा अगाडि बढाएको गृहमन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले बताउनुभयो ।

मन्त्रालयले बङ्गलादेश सरकारबाट भूकम्पका बेला प्राप्त भएकामध्येबाट झापा जिल्लाको गोदाममा बाँकी रहेका कम्बल आज प्रभावित जिल्लामा पठाएको हो ।

सहसचिव दङ्गालका अनुसार मन्त्रालयले रसुवा जिल्लाका लागि चार हजार ३०, सिन्धुपाल्चोकका लागि पाँच हजार ३००, काभ्रेका लागि चार हजार ३६५, धादिङका लागि तीन हजार ४१५, दोलखाका लागि चार हजार १२०, गोरखाका लागि तीन हजार ७४१ थान कम्बल पठाएको छ । उक्त कम्बल भोलिसम्म सबै उक्त जिल्लामा पुग्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै सरकारले भूकम्पपीडितलाई रु १० हजार तत्काल प्रदान गर्न एकहप्ते अभियान नै सुरु गरेको र भूकम्प प्रभावित क्षेत्रका सबै गाविसले रु १० हजार वितरण कार्य सुरु गरेको उहाँले बताउनुभयो ।

आजसम्म करिब डेढ लाख परिवारले सो रकम प्राप्त गरिसकेको जानकारी दिँदै सहसचिव दङ्गालले भूकम्पपीडित नागरिकलाई राहत वितरण गर्ने कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो । रासस

About The Author

अन्य समाचारहरु: