Thu. Mar 13th, 2025

खातामा ९० अर्ब, पीडित मरेको मर्यै

१५ पुस, काठमाण्डौं- अर्थमन्त्रालयले भूकम्पबाट ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्न विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग ९० अर्ब रुपैयाँभन्दा बढी रकमको सम्झौता गरिसकेको छ ।

सरकारले यही पैसा गाउँसम्म पुर्याउन नसक्दा चिसोका कारण दैनिकजसो भूकम्पपीडितले जीवन गुमाउनु परिरहेको छ । अहिलेसम्म दुई दर्जनभन्दा बढी भूकम्पपीडितको अस्थायी टहरामा ठिही सहनै नसकेर मृत्यु भइसकेको छ । यस्तो हुनुमा प्रमुख राजनीतिक दलको बेइमानी र सरकारी ढिलासुस्ती नै कारक देखिन्छ ।

‘चालू आर्थिक वर्षमा विभिन्न राष्ट्र र दातृ निकायसँग पुनर्निर्माणका लागि ९० अर्ब रुपैयाँभन्दा बढी रकमको सम्झौता भइसकेको छ,’ अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख मधु मरासिनीले भने, ‘मन्त्रालय अरुसँग पनि सम्झौता गर्ने तयारीमा छ ।’

अहिलेसम्म सम्झौता भएको ९० अर्बभन्दा बढी रकम सरकारले तत्कालै खर्च गर्न सक्ने जानकारी दिँदै मरासिनीले पुनर्निर्माणका रकम अभाव नरहेको प्रष्ट पारे ।

About The Author

अन्य समाचारहरु: