१४ पुस, धादिङ – भूकम्पपछिको अवस्था र पुर्ननिर्माणका विषयमा आज धादिङबेसीमा छलफल गरिएको छ ।
अकाउन्टिवीलिटि ल्यावको सहयोगमा सञ्चालन भएको मोबाइल सिटिजन हेल्थ डेस्कको आयोजनामा भएको कार्यक्रममा संस्थाले धादिङ जिल्लामा गरेका कार्यहरुको बारेमा समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले भूकम्पपछिको पुनर्निर्माण कार्यलाई तीब्रताका साथ अघि बढाउने बताए । राहत रकम लिन छुटेकाहरुलाई छिट्टै नै राहत कार्ड बनाएर वितरण गर्ने समेत बताए । पीडितहरुका गुनासालाई सुनवाई गर्ने समेत कार्यक्रममा बताए ।
त्यस्तै जिल्ला विकास समिति धादिङका योजना तथा प्रशासकिय अधिकृत युवराज अर्यालले न्यानो कपडाका लागि आएका रकमहरु गाविस सचिव मार्फत प्रत्येक गाविसहरुका पीडितहरुलाई जतिसक्दो चाडो वितरण गर्ने बताए ।
त्यस्तै अब बनाउने भवनहरुको संरचनाका बारेमा समेत कार्यक्रममा बताइएको थियो । ल्यावले पीडितहरुको गुनासोहरुलाई मध्यनजर गर्दै सम्बन्धित निकाय समक्ष समाधानको खोजी गर्दै आइरहेको जिल्ला संयोजक नवराज छत्कुलीले जानकारी दिए ।