Thu. Mar 13th, 2025

ग्रामिण आर्दश साहित्य समाजको अध्यक्षमा अर्याल

harisaranधादिङ – ग्रामीण आर्दश साहित्य समाजको अध्यक्षतामा हरिशरण अर्याल चयन भएका छन् ।

विगत केही समयदेखि निरन्तर नेपाली साहित्यको विविध विधामा कलम चलाउदै आएका उनलाई समाजले अध्यक्ष पदका लागि चयन गरेका हुन् । उनी धादिङ नलाङमा जन्मिएका हुन् । हाल काठमाडौको नेपालटारमा अबस्थित ग्रामिण आर्दश बहुमुखी क्याम्पसमा अध्यनरत छन् ।

समाजको उपाध्यक्षमा जयराम धामी र नम्रता खतिवडा, सचिवमा सौरव घिमिरे, सहसचिवमा सन्तोष राई र कोषाध्यक्ष कमला बेल्बासे रहेका छन् । त्यस्तै सदस्यहरुमा सुशिल ढकाल, प्रभात भट्ट र समिर न्यौपाने रहेका छन् ।

About The Author

अन्य समाचारहरु: