दिपक कोइराला –
एकजना विद्धान जो जीवनमा सम्पन्नता र खुशीको ज्ञान अरुलाई बाँड्दै हिँड्ने गर्थे । उनले एकदिन जाडो मौसमा एक सरो लुगा पनि राम्रो संग लगाउन नसकेको गरीव दुखीलाई आफ्नै तालमा हिँडिरहेको भेटे । त्यो गरीवलाई भेटेर उनलाई सारै दया लाग्यो र केहि ज्ञान बाँड्छु ताकि उसले केहि सिकोस् भनेर उ संग कुरा गर्न थालेछन् । विद्धानले गरिव ठानेर कुरा गर्न लागेको मानिस आफ्नै खालको मनमौजि रहेछ । विद्धानलाई लागेको थियो उसले उनीबाट केहि सिक्नेछ र जीवनमा केहि सम्पन्न र केहि धनी भै खुशी हुन सकोस् । तर परिणाम कस्तो आयो होला ?
विद्धान प्रश्न गर्छन् तपाईँको उमेर कति भयो ? उत्तर आयो पच्चीस बर्ष । कति पढ्नु भएको छ ? उसले प्रति प्रस्न गर्दै भन्यो पढेर के हुन्छ ? विद्धान उसको मुर्खतापूर्ण प्रतिप्रस्नबाट अलमल पर्न थाले । तथापी उनले बुझाउने प्रयास जारी राखे र भने “पढ्यौ भने तिमि धेरै ज्ञानी बन्न सक्छौ । धेरै कुरा बुझ्न सक्छौ ।” गरिवले फेरी प्रश्न ग¥यो “ अनि धेरै ज्ञानी र विद्धान बनेर चैँ के हुन्छ ?” विद्धानले भन्यो “तिमीले धेरै पढ्यौ ज्ञानी भयौ भने जीवन के हो बुझ्न सक्छौ, आफ्नै लागि केहि गर्न सक्छौ, र राम्रो जागीर पनि खान सक्छौ ।” गरिव फेरी प्रश्न गर्छ “ अनि त्यो जागीर खायो भने चाहिँ के हुन्छ ?” विद्धानले भन्यो “ राम्रो जागीर खायौ भने तिमीले भने जस्तो गर्न सक्छौ । पैसा कमाउन सक्छौ । ” गरिव फेरी सोध्छ “ अनि पैसा कमाए पछि चैँ के हुन्छ नी ?” अव विद्धानलाई यसलाई कुरै बुझाउन सक्दिन झैँ लाग्न थाली सक्यो । तै पनि भन्छ “ पैसा कमायौ भने तिमी धनी हुुन्छौ ।
ठूला घर बनाउन सक्छौ, राम्रो कपडा किन्न सक्छौ, जे चाह्यो त्यै गर्न सक्छौ ।” गरिव फेरी सोध्छ “ ठूला घर बनाएर, राम्रो कपडा लाए चैँ के हुन्छ ?” अव भने विद्धानलाई झर्को लाग्छ । र पनि भन्छ “ ठूला घर र राम्रो न्याँनो लुगा लगाएर तिमीलाई आनन्द हुन्छ । तिमी धेरै खुशी हुन सक्छौ ।” तब त्यो गरिब जोड संग हाँस्न थाल्छ । हा हा हा हा हा हा….. । विद्धान छक्क पर्छ र गरिवले आफूलाई उल्लु पो बनाएको हो िभन्ने ठान्दै प्रश्न गर्छ “ के हो तिमी किन हास्दैछौ भाइ यसरी ?” तब गरिबले भन्छ “ तिमी विद्धान भनेको त मुर्ख पो रहेछौ । जाबो आनन्द र खुशी हुन पनि तिम्ले भने जसरी दुनियाँभर दुःख गर्नुपर्छर ? म त अहिले यत्तिकै आनन्दीत र खुशी भैराछुनी । तेत्रो झण्झट किन गर्नु प¥यो ?” त्यस पछि भने विद्धान अवाक भयो र आफ्नो बाटो लाग्यो ।
प्रसंग यो सामान्य नै हो । कसैले यहाँ त्यो गरिबलाई महामुर्ख ठान्न सक्छन् भने कसैले विद्धानलाई नै मुखै ठान्न सक्छन् । जुन अवस्थामा गरिवलाई देखेर केहि ज्ञान र चेतना बाँड्ने विद्धानको उद्देश्य थियो । उसलाई खशी बनाउन अर्ति दिन खोजेको थियो त्यो उद्देश्य ठिकै थियो । तर विद्धानले त्यो गरिवलाई खुशीको परिभाष ठिक संग बुझाउन नसक्नु चाहिँ उसको कमजोरी थियो । केवल धन दौलत र विद्धताले मात्र खुशी प्राप्त हुन्छ भन्ने जुन उसको बुझाइ थिया त्यो चाहिँ गलत थियो । आखिर कोहि मान्छे शरीर भरि कपडा र मनग्गे धन सम्पत्ती विना पनि आनन्दीत हुन सक्छ र खुशी हुन सक्छ भन्ने कुरा नबुझ्नु चाहिँ विद्धानको मुर्खता नै हो भन्न सकिन्छ ।
तसर्थ हरेक मानिसले खुशीका बारेमा बुझ्न जरुरी कुरा खुशीको श्रोत के हो भन्ने पक्ष नै हो । एउटा गरिव जो अभावै अभावका बिचमा खुशी संग बाँच्न सक्छ । एउटा विपन्न परिवारको बच्चा जो कुपोषणको शीकार भैरहेको छ, जसका अभिभावकले उसलाई बाँच्ने आधारभूत आवश्यकता समेत पुरा गर्न सकिरहेका छैनन् । त्यस्तो अवस्थाको बच्चा पनि माटोको भाँडाकुटी खेल्दै स्याउलाको ओड्ने ओच्छ्याउने बनाएर खुशी हुँदै खेलिरहेको हुन्छ । तर संभ्रान्त बर्गका मान्छे । जो आलीशान महलमा बसिरहेका हुन्छन् । ब्रेबफाष्ट देखि डिनर सम्म तयार गर्ने धेरै शुसारे र भान्सेहरु राखेका हुन्छन् । प्राडो पजेरोमा चढ्छन् । प्लेनमा शयर गर्छन् र पनि उनीहरुका धेरै तनाब र बेखुशीका पोकाहरु कुनै गरिबको भन्दा बढि हुन्छ । केहि नभएको मान्छेहरुभन्दा धेरै बेखुश भै बेचैन भै बाँचिरहेका हुन्छन् ।
यो यथार्थ हामी सवैले महशुस गर्न सक्छौँ । तर हामी आफैँ खुशीको साँचो के हो भेट्टाउन सकिरहेका छैनौ । कारण हामीले खुशीको मुहानलाई फेला पार्न सकेका छैनौँ । हामी ठूला ठूला सम्पन्नता र सफलताका उचाइहरुमा खुशी खोजिरहेका हुन्छौँ तर खुशी सानातिना सफलता र विषयवस्तुहरुमा भेटिने कुरालाई वेवास्ता गरिरहेका हुन्छौँ । अभावै अभावका बिच खुशीहुनेको जीवनकथालाई पढ्न खोज्दैनौँ र हामीले नजिक हुनै नसक्ने, संगत नै नभएका ठूला भनिनेहरुको वैभवशाली जीवन संग आफूलाई दाँजेर खुशीको खोजिमा भौतारिरहेका हुन्छौँ । अतः हामी आजै देखि सदाः खुशी हुन साना तिना कुराबाट शुरु गरौँ आफूँ संग भएको विषय र क्षमतामा रमाउन सिकौँ, आफ्नै दैनिक भेटघाट र सम्पर्क हुने परिवार साथीभाई संग सरारात्मक सम्बन्ध राख्न सिकौँ, खुशीको खोजीमा भौतारिएर तनबपूर्ण जीवन शैलीलाई परिवर्तन गरौँ ।