१४ पुस, मलेसिया – मलेसियामा काम गरिरहेकै ठाउँमा एक नेपालीको ज्यान गएको छ ।
दाङको राजपुर गाविस वडा न ४ चनुवा घर भएका २० वर्षका आशाराम यादवको ज्यान गएको हो । उनी मलेसियाको मेरुमा रहेको एक आल्मुनियम कम्पनीमा दुई साथीहरुसँग मिलेर आल्मुनियमको पाईपमा प्लाष्टिक लगाईरहेका थिए । काम गर्दागर्दै उनी सोहि ठाउँमा ढलेका थिए । साथीभाईले के भयो के भयो भन्दै गर्दा उनको सोहि ठाउँमै ज्यान गैसकेको थियो ।
कम्पनीले नजिकैको केलाङ अस्पताल पुर्याएको भए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । अविवाहित आशाराम १६ महिना अगाडि मात्रै रोजगारीको लागि मलेसिया पुगेका थिए ।
शववाई नेपालपठाउने तयारी भैरहेको उनका फुपाजु खुमवहादुर यादवले जानकारी दिए ।