Tue. Mar 4th, 2025

अनेरास्ववियु नीलकण्ठ क्याम्पस ईकाइ समितिको अध्यक्षमा सिलवाल

 

rajan१२ पुस , धादिङ– धादिङबेशी स्थित नीलकण्ठ बहुमुखि क्याम्पसमा आज  धादिङमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को भेला सम्पन्न भएको छ । अनेरास्ववियु जिल्ला कमिटी धादिङका अध्यक्ष सन्तोष राना क्षेत्रिको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले नीलकण्ठ क्याम्पस ईकाइ समितिको गठन गरेको छ ।

भेलाले राजन सिलवालको अध्यक्षतामा २१ सदसिय क्याम्पस ईकाइ समितिको गठन गरेको छ । नवगठीत समितिको उपाध्यक्षमा अनील तामाङ सचिवमा अर्जुन श्रेष्ठ ,सह–सचिवमा राजु रेग्मी,र सावित्रि सापकोटा ,कोषाध्यक्षमा मैना श्रेष्ठ ,महिला विभाग प्रमुखमा सविना रिजाल र अतिरित्त कृयाकलाप विभाग प्रमुखमा पार्वती गुरुङ चयन भएका छन् । नव गठित कमिटिले तत्काल क्याम्पस स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजन गर्ने निर्णय पनि गरेको छ ।

About The Author

अन्य समाचारहरु: