Fri. Mar 14th, 2025

आँबुखैरेनीमा हतियारसहित तीन पक्राउ

Hatiyar-news-rk-1-300x206१० पुस, तनहुँ– हतियारसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार साँझ पक्राउ गरेको छ ।

प्रहरीले पृथ्वीराजमार्गको आँबुखैरेनी नगरपालिका–९ स्थित मस्र्याङ्दी पावर हाउसनजिक चेकिङ गर्दा पाँच थान एकनाले अवैध भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा आँबुखैरेनी–८ बस्ने ३१ वर्षीय लेखबहादुर भुजेल, सोही ठाउँका २५ वर्षीय सारजन थापा र ४३ वर्षीय लालध्वज भुजेल रहेका छन् । पक्राउ परेका लेखबहादुर भुजेलले शङ्कास्पद रुपमा बोरा बोकेर हिँडेको भेटेपछि खोजतलास गर्दा अदुवाले छोपेर लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक भेटिएको प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमाथि आवश्यक अनुसन्धान भइरहेको र निजहरुलाई हातहतियार खरखजाना ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । रासस

About The Author

अन्य समाचारहरु: