Tue. Nov 26th, 2024

प्रभावकारी बन्दै पुस्तकालय

???????????????????????????????
धादिङ– राहुल दुवाडी सधैजसो हजुर आमालाई कथा सुनाउछन् । उनका हजुरआमा पुतली दुवाडी राहुलले पढेको कथा चाख लगाएर सुन्छन् पनि । राहुल नामरुङ प्राविको कक्षा १ का विद्यार्थी हुन् । विद्यालयमा स्थापना भएको पुस्तकालयबाट कथाको किताब घरमा लगेर हजुरआमालाई सुनाउने गर्छन् । नातीले सुनाएको मध्ये ४÷५ ओटा कथा पुतली अरुलाई सुनाउन सक्ने भएकी छन् ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपालले धुवाकोटको नामरुङ प्राविमा २०६९ सालमा पुस्तकालय स्थापना गरिदिएको हो । पहिले कथा भन्न पनि किताब हेर्नु पर्छ ? भनेर नाती हप्काउने पुतली अहिले नातीले सुनाएको कथा सुनेर नै अरुलाई कथा सुनाउन सक्ने भएका छन् । पुतली भन्छिन्, ‘बाबुले किताब ल्याएर पढ्छ, म सुनिरहन्छु, बाबु नभएको बेला त्यहि कथा अरुलाई सुनाउछु’ नातीले पुस्तकालयबाट कथाको किताब घरमा लगेर सुनाएकै आधारमा पुतलीलाई अहिले आफ्ना हितैसीहरुलाई कथा सुनाएर दिन कटाउने बाटो बनेको छ । अहिले अलि अलि पढ्न पनि जान्ने भएकी छु, नातीले सुनाएको मध्ये ४÷५ ओटा कथा त म फररर भन्न सक्छु’ पुतलीले सुनाइन् ।

???????????????????????????????

रुम टु रिड नेपाल र प्रयास नेपालको साझेदारीमा २०६५ सालदेखि जिल्लाका विभिन्न विद्यालयहरुमा पुस्तकालय व्यवस्थापन (साक्षरता कार्यक्रम) संचालन गरिरहेको छ । कार्यक्रम मार्फत जिल्लाभर २ सय ९३ ओटा पुस्तकालय स्थापना गरी संचालनमा ल्याएको प्रयास नेपाल धादिङकी कार्यक्रम संयोजक राधा अर्यालले बताइन् । स्थापना भएको तीन वर्षभित्र पुस्तकालयको दिगो विकासको लागि शिक्षकहरुलाई तालिम, हरेक वर्षा किताब सहयोग गर्ने गरेको छ । पुस्तकालय संचालनको लागि विद्यालयलाई सक्षम बनाइसकेपछि तीनवर्षपछि पुस्तकालय विद्यालयकै जिम्मा लगाउने गरिएको पनि अर्यालले जानकारी दिइन् ।

जिल्लाका विभिन्न विद्यालयहरुमा स्थापना भएको पुस्तकालय मध्ये यस वर्ष मात्रै ३१ ओटा पुस्तकालय हस्तान्तरण प्रयास नेपालले विद्यालयको जिम्मा लगाएको छ । यसअघि १ सय ९८ ओटा पुस्तकालय विद्यालयलाई नै हस्तान्तरण गरिसकेको छ । ९५ ओटा पुस्तकालय हस्तान्तरणको तयारीमा रहेको कार्यक्रम संयोजक अर्यालले जानकारी दिइन् ।

???????????????????????????????

विद्यालयमा पुस्तकालय स्थापना पछि विद्यार्थीहरुमा सिर्जनात्मक सीपको विकास हुनुका साथै अतिरिक्त क्रियाकलापमा सक्रियता बढेको नलाङ गाविस स्थित नलाङपात्ले निमाविका प्रधानाध्यापक भोजराज भट्टले बताए । ‘पुस्तकालयले विद्यार्थी सिकाई उपलब्धीमा बृद्धि भएको छ, शिक्षक अनुपस्थित भएको समयमा पनि विद्यार्थीहरु आफै पुस्तकालयमा बसेर पढ्ने गरेका छन्, उनले भने । बालबालिकाले पुस्तकालयबाट आफुलाई मन पर्ने पुस्तक घरमा लगेर आमा बुबालाई पनि सुनाउने गरेका छन् ।

???????????????????????????????

विद्यालयहरुमा स्थापना भएको पुस्तकालयले विद्यार्थीहरुको मात्रै हैन अभिभावकहरुलाई समेत सकारात्मक परिवर्तन गराएको छ । पुस्तकालय दियो बनाउनका लागि गाउँलेको प्रयास उत्कृष्ट छ । अभिभावकहरुले पुस्तकालय लाई दिगो बनाउनका लागि धान, मकै, कोदो, आलु, मास लगायत कृषिजन्य उत्पादनहरु संकलन गरी विक्रि गरेर पुस्तकालय कोष स्थापना गरेका छन् ।
ज्यामरुङको स्थानापति माविले हरेक वर्ष प्रवेशिका परीक्षा पास गरेर जाने विद्यार्थीहरुलाई पस्तकालय साथी बनाउने गरेको विद्यालयका पुस्तकालयध्यक्ष चिरञ्जिवि पाठकले जानकारी दिए । पुस्तकालय साथी बनेकाहरुले विद्यालयमा स्थापना भएको पुस्तकालय संचालनको लागि सहयोगार्थ कोहीले नगद, कोहीले पुस्तक, कसैले अन्य शैक्षिक सामाग्रीहरु पठाउने गरेका छन् । शैक्षिक क्षेत्रमा स्थानीयको सक्रियता बढाउन पुस्तकालयले महत्वपूर्ण भुमिका निर्वाह गरेको सिनियर पुस्तकालय सहजकर्ता नमिता तिमल्सिनाले बताइन् ।

सलाङको जलदेवी प्राविमा स्थापना भएको पुस्तकालय गत मंसिरमा विद्यालयलाई हस्तान्तरण गरिएको छ । पुस्तकालयलाई जिल्लाकै नमूना बनाउने अभियानमा विद्यालय लागि परेको छ । ‘पहिले बच्चाहरु पाठ्यक्रममा मात्रै सिमित थिए । अहिले बच्चाहरु सिर्जनशील बनेका छन्, त्यहि नै हाम्रो सफलता हो, जलदेवी प्राविका प्रधानाध्यापक लोकबहादुर दर्लामीले भने, जिल्लाको नमूना पुस्तकालय बनाउछौं ।

पुस्तकालयमा भएको सामाग्रीहरु कक्षाकोठामा पठक पाठनको लागि शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्न सहज भएको चैनपुर स्थित सालबास उच्चमावि श्रोतकेन्द्रका श्रोतव्यक्ति बाबुकृष्ण श्रेष्ठले बताए ।

रुम टु रिडले एक ओटा विद्यालयमा पुस्तकालय स्थापनाका लागि ४ लाख बराबरको शैक्षिक तथा भौतिक पूर्वाधार स्थापना गरेको रुम टु रिडका कार्यक्रम अधिकृत सुसिल तिम्सेनाले जानकारी दिए ।

विद्यालय आउन नरुचाउने विद्यार्थीहरु अहिले पुस्तकालय भए पछि रमाउँदै आउन थालेका छन् । विद्यालयहरुले सस्थागत सहयोगको अपेक्षा गर्न छोडेका छैनन् ।

??????????????????????????????????????????????????????????????

About The Author

अन्य समाचारहरु: