९ पुस, कुवेत – कुवेतमा उपचारको क्रममा एक नेपाली महिलाको निधन भएको छ । रोजगारीका लागि डेढ वर्षअघि घरेलु कामदारको रुपमा कुवेत गएकी सिन्धुपाल्चोकको बारे–६ बडारेकी ३७ वर्षकी निममाया तामाङको उपचारको क्रममा निधन भएको हो ।
गएको मंसिर २६ गते जहारा अस्पतालमा तामाङको निधन भएको भएपनि पुस ६ गते मात्रै यस बारे जानकारी पाएको नेपाली दूतावासकी श्रम सहचारी गोमादेवी ढकालले बताइन्।
क्यान्सर रोगबाट ग्रस्त तामाङले काम गर्ने घरका मानिसले अस्पताल लगेका थिए । अस्पतालमै उपचारकै क्रममा तामाङको निधन भएको हो । तामाङको शव अहिले जहारा अस्पतालमा नै राखिएको छ ।