Fri. Mar 14th, 2025

सलमानविरुद्द महाराष्ट्र सरकार

salman-khan-hit-and-run९ पुस, भारत-भारतको महाराष्ट्र सरकार सन् २००२ को हिट एन्ड रन मुद्दामा अभिनेता सलमान खानविरुद्द सर्वोच्च अदालत जाने भएको छ । स्थानीय पत्रकारका अनुसार महाराष्ट्र सरकारले बुधबार उच्च अदालतमा अपिल गरिसकेको छ ।

केही समयअघि सलमानलाई एउटा अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर, केही दिनअघि मात्रै उच्च अदालतले सलमान निर्दोष भएको फैसला गर्दै उनीबिरुद्दका सबै मुद्दा खारेज गरिदिएको थियो ।

२८ सेप्टेम्बर २००२ मा फुटपाथमा सुतिरहेका मानिसमाथि गाडी चलाएको आरोपमा अदालतले उचित फैसला नगरेको महाराष्ट्र सरकारको आरोप छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

About The Author

अन्य समाचारहरु: