Fri. Mar 14th, 2025

धादिङमा सूचना विभागको घुम्ती शिविर

पुस ७ धादिङ-धादिङबेशिमा सूचना विभागको आयोजनामा दुई दिने घुम्ती शिविर सुरु भएको छ । विभागले विगत तीन वर्षदेखि क्षेत्रीयस्तरमा शिविरको आयोजना गरी परिचयपत्र वितरण गर्दै आएको भएपनि धादिङमा भने पहिलो शिविर हो ।

पत्रकारहरुलाई जिल्लामै सेवा प्रवाह गर्ने उद्देश्यको साथ हिजोबाट सुरु भएको शिविर आज सकिने छ । सुचना विभागको  परिचयपत्र बनाउनको लागि आफु कार्यरत संस्थाबाट नियुक्ति पत्र,सिफारीस पत्र, नागरीकताको प्रतिलिपि, प्रवेशिका परिक्षा उत्तिर्ण गरेको प्रमाणको प्रतिलिपि र ३ वटा अटो साईजको फोटोको आवश्यकता पर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखाले जनाएको छ ।

शिविरमा नयाँ परिचयपत्र वितरण नवीकरण र बिग्रीएको परीचयपत्र सच्याउने विभागले जनाएको छ ।नेपालभर १० हजारभन्दा बढी पत्रकार रहेको भए पनि हालसम्म चार हजारले मात्र परिचयपत्र लिएको विभागले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: