Mon. Jan 27th, 2025

धादिङबेसीका मासु पसल मापदण्ड विपरित

१० मंसिर, धादिङ – धादिङ सदरमुकाम धादिङबेसीमा सञ्चालन भएका मासु पसलको अनुगमन गरिएको छ ।

DSC00097
जिल्ला पशुसेवा कार्यलयको पशु प्रसार कार्यक्रम अन्र्तगत नियमन अनुगमनको क्रममा आज धादिङबेसीमा सञ्चालनमा रहेको मासु पसलमा अनुगमनका क्रममा रहेका मासु पसलहरु माप दण्ड विपरीत भएको पाईएको छ ।
मासु पसलेले न्युनतम मापदण्ड समेत पालन नगरी मनोमानी ढङगले व्यवसाय सञ्चालन गरिरहेको भेटिएको छ । मासु पसल दर्ता विना नै सञ्चालनमा रहेको, अन्य पसल पनि सँगै सञ्चालनमा रहेको र खुल्ला स्थानबाट मासु विक्री गर्ने गरेको पाइएको हो ।
मासु पसल सञ्चालन गर्नको लागि चाहिने मापदण्ड नै नरहेको पशु चिकित्सक डा. शिखा तिवारीले बताउनु भयो । प्रत्यक्ष मानिसको स्वास्थ्यसँग जोडिएको विषय भएपनि पसलले हेलचेक्राई गरेको उहाँले आरोप लगाउनु भयो । अनुगमनको क्रममा मासु मसलामा देखिएको कमजोरीहरु तत्काल सुधार्न मासु पसलेलाई निर्देशन दिईएको छ ।
यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी तोरण प्रसाद पराजुलीले मासुपसलेलाई गुणस्तर सुर्धान निर्देशन दिनुभएको छ । दर्ता विना सन्चालनमा रहेको मासु पसललाई एक हत्ता भित्र दर्ता गर्न समेत निर्देशन दिनुभएको छ । पुनः अवलोकन गर्दा यस्तो प्रकारको गल्ति भेटीए पसल बन्द गर्ने समेत चेतावनी दिईएको छ ।

About The Author

अन्य समाचारहरु: