Thu. Mar 13th, 2025

दुर्व्यसनमा फसेका ३४ सडक बालबालिकाको उद्धार

drugs_keta_keti४ पुस, चितवन – दुर्व्यसनमा फसेका चितवनका ३४ सडक बालबालिकाको उद्धार भएको छ । एक बालिकासहित उनीहरुलाई बानी सुधारका लागि पुनःस्थापन गृहमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

उनीहरुलाई अहिले चितवन र गैँडाकोटमा रहेका सुधार गृहमा राखेर बानी सुधार कार्यक्रम चलाइएको छ । अहिले उनीहरुको आनीबानीमा आमूल परिवर्तन आएको प्रहरीले जनाएको छ । यहाँ प्रहरीकै अगुवाइमा सडक बालबालिकाको पुनःस्थापन अभियान सुरु भएको छ ।

उक्त अभियानकी फिल्ड संयोजक मीना खरेलले उद्धार गरिएकालाई प्राथमिक चरणमा सुधार गर्ने र दोस्रो चरणमा सीप सिकाएर आत्मनिर्भर बनाउने योजना रहेको जानकारी दिइन । दुर्व्यवहार, अभिभावक जिम्मेवार नहुँदा बालबालिका सडकमा आउने गरिएको उनको भनाइ छ ।

उनीहरुको संरक्षणका लागि जिल्लामा कोषसमेत स्थापना गरिएको छ । सोही कोषमा रकम वृद्धिका लागि शुक्रबार चितवनमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको गरिएको बालबालिकाका लागि प्रहरी नागरिक अभियान चितवनले जनाएको छ ।

उनीहरुका लागि आवश्यक पर्ने खर्च अभावलाई पूर्ति गर्न कार्यक्रम गरिएको अभियानका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलले जानकारी दिए । रासस

About The Author

अन्य समाचारहरु: