४ पुस, धादिङ, – बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ४ बजेर २ मिनेटमा बाजुराको जगननाथ आसपास केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सुदुरपश्चिम र मध्य पश्चिमसहित कास्की, गुल्मी, बाग्लुङ, पाल्पा लगायतका पश्चिमका जिल्लामा यसको धक्का महशुस गरिएको छ । भूकम्पपछि साना पराकम्प गइरहेको केन्द्रले जनाएको छ ।
यो भूकम्पको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पसँग कुनै सम्बन्ध नरहेको केन्द्रले जनाएको छ ।
भूक्म्प गएपछि त्यहाँका मानिसहरु आत्तिएर बाहिर निस्केका थिए ।