Thu. Feb 27th, 2025

स्रोत परिचालनलाई विकास क्षेत्रस्तरीय उत्कृष्ट सहकारी सम्मान

sahakari३ पुस,  धादिङ – धादिङबेसीमा रहेको स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था मध्यमाञ्चलकै उत्कृष्ठ बचत तथा ऋण सहकारीको रुपमा सम्मानित भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ९नेफ्स्कून० को २४ औं साधारण सभाले आज विकास क्षेत्रस्तरीय उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित गरेको हो । त्यसैगरी संस्थाले राष्ट्रिय ब्राण्ड प्रोवेशन समेत पाउन सफल भएको छ । प्रोवेशन नेफ्स्कूनले लागु गरेको बचत तथा ऋण सहकारीको राष्ट्रिय मापदण्ड हो जसले सहकारीलाई जोखिममुक्त र दिगो बनाउन आवश्यक प्रविधि र तरीकाहरु लागु गर्दछ ।स्रोत परिचालन सँगै कोलिय साकोस रुपन्देही, ग्रामिण साकोस पिप्ले चित्तवन, जनउत्थान साकोस रुपन्देहीलाई पनि सम्मान गरिएको छ ।

यस वर्ष किसान बचत तथा ऋण सहकारी संस्था गैंडाकोट मुलुककै सर्वोत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ । त्यसैगरी महिला तर्फ मकवानपुरको महिला जनचेतना साकोस चुरियामाई मुलुककै महिलाहरु सञ्चालित उत्कृष्ट सहकारी संस्था र जिल्ला संघमा चित्तवन जिल्ला बचत तथा ऋण सहकारी संघ सर्वोत्कृष्ट सहकारी संघको रुपमा सम्मानित भएको छ ।

About The Author

अन्य समाचारहरु: